सन् १९४६ को उत्तरार्ध र १९४७ को पूर्वार्धमा भारतीय भुमिमा स्थापना भएको नेपाली कांग्रेस पार्टी नेपाली राजनीतिको आरोह र अबरोहमा मुख्य निर्यायक शक्ति हुने गरेको छ। यति मात्र होइन कांग्रेसको योगदान भारतीय स्वतन्त्रता आन्दोलनमा पनि छ त्यसैले भारतले कोइराला परिवारलाइ बिशेष रुपमा सम्मान दिने गरेको छ।
इतिहास अनुसार यो दलको स्थापना बिक्रम संबत २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हरेक ठुला राजनैतिक परिवर्तनमा कांग्रेसको संलग्नता र समन्वयकारी भूमिका रहेन गरेको छ। यसर्थ कांग्रेस सहि ठाउँमा उभिंदा बाँकी दल र नेपाली राजनीति स्थिर रहन्छ।
कांग्रेसको इतिहासमा बिशेष महाधिवेशन बिशेष परिस्थितिमा भएको छ। पहिलो पटक २०१४ मा सुवर्ण शम्शेरबाट बिश्व्श्वोरप्रसाद कोइरालालाइ नेतृत्व दिनकै लागि गरियो। त्यो स्थिति खास कारणले आयोजित थियो। त्यसैले सफल पनि भयो र ठुलो रुपमा विवादित भएन।
दोश्रो पटक २०५१ सालमा कृष्णप्रसाद भट्टराइलाइ काठमाण्डौको संसदीय निर्वाचनमा हराएर एमाले (माले) नेता मदन भण्डारी जिताएको आरोपमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालालाइ कारबाही गर्ने निश्चित भएपछि कोइरालाले त्यो खालको बिशेष महाधिवेशन आयोजना गरे। यसमा भूबिक्रम नेम्बाङ्ग सभापति, गिरिजाप्रसाद कोइराला बरिष्ठ नेता हुनेगरी काठमाण्डौमा बिशेष महाधिवेशन बोलाइयो।
यो भेलापछि दल फुट्ने निश्चित थियो। त्यसैले सभापति भट्टराईले आफैं त्यो बिशेष महाधिवेशनमा गएर त्यसलाई बिशेष भेलामा परिणत गर्न सफल भए। बिशेष महाधिवेशनलाइ एउटा भेला बनाए। कोइराला, भट्टराई र सिंहलाई निर्वाचनमा उम्मेदवार नहुने निर्णय पनि गरियो। अनि नेपाली कांग्रेस दल फुटेन।
तेश्रो पटक पार्टीको अन्तरिक द्वन्द्व बढेर गयो। त्यो समय दलका दोश्रो ठुलो नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बि.सं. २०५९ सालमा दल फुटालेर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) को गठन गरेका थिए। पछि २०६४ सालमा सो पार्टीको नेपाली काङ्ग्रेससँग एकीकरण भयो। गिरिजाप्रसाद कोइराला नेता र देउबा वरिष्ठ नेतामा स्थापित भए।
चौथो पटक गत महाधिवेशनक प्रतिनिधि मध्ये ५४ प्रतिशतको बहुमत हस्ताक्षर भएकाले पार्टी फुटालेर रुख चिन्ह लिने अनि सभापति बन्ने बिरालो राजनीति सुरु भयो। यसको नेतृत्व नेपाली कांग्रेसका महामन्त्री बिश्वोप्रकाश शर्मा र गगनकुमार थापाले गरेका हुन्। उनीहरुको त्यो बिरालो राजनीति अन्तत दल फुटाउने अन्तिम निष्कर्षमा पुगेका छन्।
कांग्रेसका एक नेताका अनुसार महामन्त्री थापा कांग्रेस फुटाउन आज मात्र होइन केहि बर्ष देखि नै लागि परेका थिए। त्यसैका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकता बनाए। हुन पनि गत महाधिवेशनमा एमाले ओलीवालाहरुले थापालाई महामन्त्रीमा मत मागेका थिए। ओलीले थापालाई गृहमन्त्री बनाउन हदै सम्म प्रयास पनि गरे। अहिले पनि एमाले नेताहरु हाइ-थापा, हाइ-थापा, हाइ-हाइ भन्न थालेका छन्। नियत स्पष्ट छ।
थापा त पार्टी फुटाएर नेता बन्न चाहन्छन अनि अर्का महामन्त्री शर्मा चाहिं त्यो मुतक न्यानोमा पुगे भन्ने कुरा अहिले सबैको मनमा प्रश्न उठेको छ। शर्मा नेविसंघ सभापति हुँदा उनको कार्यसमितिमा काम गरेका र उनलाई नजिकबाट चिन्नेहरु भन्छन, अन्तिममा पुगेर शर्माले ३६० डिग्रिको टर्निङ्ग लिन्छन। उनि थापालाइ गोदेर लखेट्न कै लागि यसो गर्न पुगेका हुन्। तर यो कुराको संभावना देखिन्न। किन भने शर्मा अहिले निकम्मा र नामका मात्र माहामन्त्री हुन्। उनमा त्यो हिम्मत् नै छैन। खाँटी भाषामा भन्नुपर्दा शर्मा राजनैतिक नामर्द हुन्।
अन्तत, नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेर बिशेष महाधिवेशन बोलाएका छन्। तर पार्टीले भने दलका पदाधिकारीको बैठक बोलाएको छ। यसपूर्व सभापति देउबाले उनीहरुलाइ भेट गर्न मानेन। जनवरी १, २०२६ बिहीबार उनीहरुले संयुक्त विज्ञप्ति नै जारी गर्दै नियमित महाधिवेशन स्थगितकाे जानकारी दिँदै विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै भएको बताएका छन्।
उनीहरुले कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी भनेर उधारो सूचना मार्फत नियमित महाधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन।
यति मात्र होइन विशेष महाधिवेशन गर्न भन्दै भृकुटीमण्डपको हल नै बुकिङ्ग गरेको पनि खुलासा भएको छ। स्मरणीय कुरा थापा र शर्माले ४ लाख भन्दा धेरै फर्जी सदस्य बनाएको प्रमाण कांग्रेस दलले केहि हप्ता पहिला नै सार्वजनिक गरेको छ।
कांग्रेसको १५ औँ महाधिवेशन यही पुस २६,२७ र २८ गते गर्ने निर्णय गरिसकेको अवस्थामा यो बिशेष महाधिवेशन नै तुहिएको कुरा संस्थापन पक्षको दावी छ। अब संस्थापनले नमान्ने र केन्द्रिय समितिले निर्णय नगरेको बिशेष महाधिवेशन मान्य नहुने तर उनीहरुले विशेष महाधिवेशन बोलाएकाले कांग्रेस निश्चित रुपमा फुटको संघारमा पुगेको छ। केवल एउटा मात्र अश्त्र मात्र बाँकी छ त्यो हो हस्ताक्षरवालाहरुले हस्ताक्षर फिर्ता लिने।
