नयाँ वर्ष मनाउने अभ्यास मानव सभ्यताको सबैभन्दा पुरानो चलनहरू मध्ये एक हो। बिश्वोमा थुप्रै क्यालेन्डरहरु छन् र फरक फरक समयमा नयाँ बर्षहरु मनाइन्छ। तर Gregorian Calendar को सुरुवात २००० ईसापूर्वतिर बेबिलोनहरुद्वारा (The Babylonians around 2000 B.C.) सुरु भएको थियो। उनीहरुले वसन्त आरोहणको मौसमसँग मिल्दोजुल्दो मार्चमा महिनामा आफ्नो नयाँ वर्षको उत्सव मनाउने गर्थे।
तर जनवरी १ लाई चाहिं वर्षको सुरुवातको रूपमा अपनाउनुको श्रेय ४६ ईसा पूर्वमा जुलियस सिजर (Julius Caesar) लाई जान्छ। जुलियस सिजरले जुलियन क्यालेन्डर (The Julian Calendar) को सुरु गरेका थिए। उनले यो दिन रोमन देवता जानस (Janus) लाई समर्पित गरे। Janus लाइ संक्रमण र सुरुवातका देवता भनेर मानिन्छ। यसका साथै प्रतिकात्मक रूपमा दुई अनुहारहरू सहित चित्रण गरिएको यो क्यालेन्डर (one looking back and one looking forward)- एउटा पछाडि गणना गर्दै जाने र अर्को अगाडि गणना गर्दै जाने हुन्छ। सामान्य भाषामा इसापूर्व र सन्। इसाको जन्म पहिला र पछिको रुपमा।
आज, यो Gregorian Calendar विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। विश्वभरका १९५ भन्दा बढी देशहरूले ग्रेगरियन क्यालेन्डर (Gregorian Calendar) मा जनवरी १ लाई आधिकारिक रूपमा नयाँ बर्ष भनेर मनाउँछन्। यो उत्सव केवल एक छुट्टीको दिन मात्र होइन एक विश्वव्यापी सांस्कृतिक पर्व पनि बन्दै गएको छ।
संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३१ अर्थात नयाँ वर्षको पूर्वसन्ध्या हो (New Year’s Eve) का साँझ देखि राती सम्म भव्य रुपमा पार्टीहरू, Midnight Champagne Toasts, र न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा विश्व प्रसिद्ध बल ड्रप (Ball Drop ) हेर्न लाखौ मानिसहरु जम्मा हुन्छन। अमेरिकीहरु नयाँ वर्षको दिन प्राय परेड, कलेज फुटबल हेर्ने र नयाँ वर्षको संकल्पहरूमा गर्नमा केन्द्रित हुन्छ। पछिल्लो समय स्वस्थ, समृद्ध र सफलताको आपसमा शुभकामान आदान-प्रदान गर्छन।नयाँ बर्ष २०२६ को सबैलाइ हार्दिक शुभकामान!
