रास्वपा २१ बाट १५१ सिट पुर्याउन निर्दिष्ट:प्रजातान्त्रिक बिधि अपनाउँछन्, गल्ति सच्याउँछन, अरुलाई दोष दिन्नन

Spread the love

नेपालमा करिब ७ दशक देखि राजनीति गर्दै आएको अनि गत संसदमा सबै भन्दा ठुलो दल नेपाली कांग्रेस यतिबेला बिचलित भएको छ। दलका महामन्त्री द्वोय बिश्वप्रकाश शर्मा र गगन थापाले कांग्रेस पार्टी फुटाउन गेम खेल्दै छन। आफू ठुलो दल भएर पनि सरकारको नेतृत्व नगरेको, असल काम नगरेको, एमालेसँग रत्यौली खेलेको लगायत कुकर्मले गर्दा कांग्रेस यो समय थला परेको छ। 

कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखकले एमालेसँग मिलेर ७३ जना भन्दा धेरै नागरिक मार्न आदेश दिए। दर्जानु र सयौंलाइ घाइते बनाए, आफू लुकेर बसे तर देश जल्न दिए। त्यसैको हर्जाना यतिबेला कांग्रेसले तिर्दैछ। उनले कांग्रेसलाइ कलंकित मात्र होइन थला नै बनाए। त्यसैमा अल्झेको कांग्रेसले करिब ३ महिनाको कसरत पछि बल्ल आम निर्वाचनलाइ पहिलो प्राथमिकता र दलको महाधिवेशन दोश्रो प्राथमिकता भनेर आफ्नो बाटो तय गर्न सफल भएको छ।

उसै त कम्युनिष्ट त्यसमा पनि केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले देश डुबाउने गरी भ्रष्टाचार गर्यो, सबै राज्य शक्ति कब्जा गर्यो, बिरोध र आलोचना गर्नेलाइ सफाया गर्यो, उत्तर कोरियाली कदम सिकेर त्यसै गर्यो। जब समस्या आयो भागेर लुक्यो। उसको पछिल्लो मुल्यांकन अनुसार आउने चुनावमा जाँदा समानुपातिक समेत गर्दा १५ सिट भन्दा कम आउने प्रष्ट जानकारी पायो। त्यसैले अहिले एमाले दल कांग्रेसलाइ लिएर उदण्ड मच्चाउने खेल खेल्दैछ। त्यसलाई साथ दिंदैछन् बिश्वो-गगन र रमेश लेखकहरु। 

अर्कोतिर पार्टी स्थापनाको सुरुवात देखि नै हराजौं हण्डर र बाधा तोड्दै अगाडी बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत आम निर्वाचनमा स्थापनाको ६ महिनामा नै संसदमा २१ सिट ल्यायो। अहिले आएर जेन-जीका मुख्य धारको सपोर्ट मात्र होइन दबङ्ग मेयर बालेन्द्र शाह (बालेन) अनि चर्चित कुलमान घिसिङलाइ पनि समेटेर एउटा सिङ्गो र संग्लो अलायन्स बनाउन सफल भएको छ।

कांग्रेसकै विद्वानहरु भन्दैछन्, यो पटक रोक्न सकिन्न रास्वपा अलायन्सले बहुमत ल्याउँछ। कांगेसले चुनावमा गठबन्धन गरेर होइन एक्लै गएर जे-जति आउँछ त्यो लिएर विपक्षमा बस्नुपर्छ। संगठन बलियो बनाएर योजना गर्दै जानुपर्छ। ३५ बर्ष मुनिका नागरिकहरुलाइ दल भित्र र बाहिर सबै तहमा ५०% सिट छुट्याउनुपर्छ। समानुपातिक राजनीतिमा होइन राज्यको अन्य क्षेत्र आर्थिक, शैक्षिक जस्तामा मौका दिनुपर्छ। कांग्रेसको सदस्य नै नभएकालाइ पनि योग्य छन् भने निर्वाचनमा टिकेट दिनुपर्छ। देशमा स्थिर राजनीति बनाउन मुख्य भूमिका खेल्नुपर्छं। कम्युनिष्टहरुसँग गठबन्धन गर्नुहुँदैन। यस्तै गर्दैजाँदा नै आर्को पटक नेपाली कांग्रेस ठुलो दल हुन्छ। 

यसैबीच रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले २१ बाट १५१ सिट जित्ने लक्ष्य राखेको दाबी गरेका छन्। पोखरामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। उनले संसदमा २१ जना सांसदको सानो समूह भए पनि रास्वपाले ठूला दलको अहंकारलाई चुनौती दिएको, दुई तिहाइको दम्भले रास्वपालाई भित्तामा पुर्‍याउने प्रयास गरिएका थिए तर लोकतान्त्रिक संस्कार बोकेका आफूहरूलाई संसद बहिष्कार गर्नुपर्ने स्थितिमा पुर्‍याइएको गुनासो पनि पोखे।

रास्वपाको सुन्दर पक्ष भनेको दलभित्र र बाहिर प्रजान्त्रिक बिधि अपनाउँछ, गल्ति भए तुरुनतै सच्च्याउँछ, दल-भित्रका दोषीलाइ तुरुन्तै उचित सुनुवाई गर्छ र आवश्यक परे कारबाही गर्छ, अरु दललाई दोष दिएर होइन आफूलाइ सुधारेर प्रतिस्पर्धा गर्छ। कांग्रेस एमाले जस्तो नागरिकहरुलै नै मार्न आदेश दिने, नागरिक नैसर्गिक अधिकार खोस्ने होइन नागरिकको सम्मान र साथमा बस्छ। 

रास्वपा सभापति रवि लामिछाने यो समय लाइक-माइण्डेड राजनैतिक शक्तिबीच अलायन्स बनाउन ब्यस्त छन्। नागरिकहरु कांग्रेसप्रति निराश छन्, एमालेप्रति रुष्ट छन् अनि माओवादीको पछिल्लो नेकपाप्रति भरोसा गर्दैनन। त्यसैले आसन्न निर्वाचनमा रास्वपाको अलायन्सले बहुमत ल्याउने लाइन देखियो।