बिश्वोको पछिल्लो प्रोटेस्ट जेन्-जी हो भन्ने कुरा र त्यसको अध्ययन, डाटा र विश्लेषण गर्ने क्षमता पुरन्जन आचार्यसँग छ। यस बिषयमा उहाँको विश्लेषण मैले सुनेको छु। त्यो ज्ञान नेपाली राजनीतिका सबै दल नेताले जान्नु जरुरी छ भन्छु म त।
त्यहि ज्ञान नभएकाहरुले शान्तिपूर्ण आन्दोलनलाइ एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी नालायकी निर्देशन मान्दै मान्छे मार, गोली हाने भनेर आदेश दिने काम तत्कालिन गृहमन्त्री रमेश लेखकले गरेका हुन्। त्यो कुरा कसैले खोजिरहनु र अनुसन्धान गर्नुपर्ने बिषय होइन।
सो आन्दोलनको छानविन गर्न बनेक आयोगले बयानका लागि बोलाउँदा तिनै दुइ मध्ये एक एमाले अध्यक्ष ओलीले आफूलाई बोलाए भन्दै धम्की दिएका छन्। अनि लेखक परामर्शमा जानुको कारण भनेको अर्को सड्यन्त्र हो। उसै पनि जेल जाने डरले ओलीले संसद बिउँताउने ओलिट्रिक्स सुरु गरे। अनि कांग्रेसको एउटा आबारा-निकम्मा दस्ताले हस्ताक्षर गर्न थाल्यो।
गर्ने बेलामा कानुन तोडेर मान्छे मार्ने अनि बयानमा जान्न, मलाइ थाहा छैन भनेर सुख पाउने कुरा होइन। अनि अदालतले जेलमा थुनेर पनि प्रमाणित गर्न नसकेको रवि लामिछाने बिरुद्द राज्य शक्ति नै दुरुपयोग गरेर मुद्धा लगाउदा उनै संसदमा उफ्रने लेखक होइनन ? अब बयानमा जान्न, टेर्दिन भन्ने त्यसलाई दुनियाँले मान्दिनुपर्ने, सरकार डराउनु पर्ने ?
