काठमाडौँ-राजधानीका अत्याधुनिक र उत्कृष्ट सुविधा सम्पन्न रेस्टुरेन्टहरूमध्ये अग्रपंक्तिमा रहेको Vinoliva Restaurant & Bar ले आगामी डिसेम्बर २५ (क्रीसमस ईभ) र न्यु इयर ईभ लाई लक्षित गर्दै विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य उत्सव आयोजना गर्ने भएको छ। फाइभ–स्टार स्तरको सेवा, स्वाद र वातावरणका कारण पहिचान बनाइसकेको भिनोलिभाले दुबै अवसरलाई ग्राहकका लागि स्मरणीय बनाउने तयारी पूरा गरेको रेस्टुरेन्ट व्यवस्थापनले जनाएको छ।
छोटो समयमै राजधानीको प्रिमियम फाइन–डाइनिङ गन्तव्यका रूपमा स्थापित भिनोलिभा एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा सञ्चालन भइरहेको छ। रेस्टुरेन्टको अध्यक्षमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासी) रहेका छन् भने लोक दाहाल (बेल्जियम), राज रेग्मी (कतार) र ईश्वर सापकोटा (जापान) सञ्चालकका रूपमा संलग्न छन्। अनुभवी एनआरएनए टोलीको लगानी तथा व्यवस्थापनका कारण भिनोलिभाले गुणस्तर, स्वच्छता र अन्तर्राष्ट्रिय सेवा प्रणालीमा उदाहरणीय छवि बनाएको छ।
क्रीसमस ईभ र न्यु इयर ईभको अवसरमा रेस्टुरेन्टले आकर्षक छुट योजना समेत सार्वजनिक गरेको छ। फुड तथा बेभरेज प्रि–बुकिङमा २० प्रतिशत र अन्य पाहुनाका लागि १५ प्रतिशत छुट प्रदान गरिने रेस्टुरेन्टका मेनेजर तिलक खत्रीले जानकारी दिए। साथै, ग्राहकलाई अझ रोमाञ्चक अनुभव दिन उक्त दिन साँझ लाइभ म्युजिक कार्यक्रम आयोजना गरिनेछ।
भिनोलिभाको विशेषता यसको बहुपयोगी र आकर्षक संरचना हो। एउटै स्थानमा लाइभ किचेन, विशाल मुख्य हल, क्लासी रूफटप र पूर्ण गोपनीयताका लागि प्राइभेट रुम को व्यवस्था गरिएको छ। पारिवारिक जमघटदेखि कर्पोरेट कार्यक्रम र विशेष पार्टीसम्मका लागि छुट्टै व्यवस्थापन भएकाले भिनोलिभा राजधानीकै उत्कृष्ट रेस्टुरेन्टमध्ये एक मानिन्छ।
यहाँ उपलब्ध नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू उच्चस्तरीय सेफद्वारा लाइभ किचेनमा तयार गरिन्छन्। गुणस्तरीय सामग्री, अनुभवी सेफ र सफा तथा आकर्षक वातावरणका कारण भिनोलिभाका परिकारले ग्राहकको मन जित्दै आएका छन्। आधुनिक सजावट, आरामदायी बैठक व्यवस्था, फाइभ–स्टार मापदण्डअनुसारको सेवा र संगीतयुक्त माहोलले भिनोलिभालाई प्रिमियम फाइन–डाइनिङको उत्कृष्ट गन्तव्य बनाएको छ।
यसका अतिरिक्त, रेस्टुरेन्ट परिसरमा पुल तथा बालबालिकाका लागि खेलकुद सामग्रीको समेत व्यवस्था गरिएको छ। क्रीसमस ईभ र न्यु इयर ईभका अवसरमा लोकप्रिय गायक सलिल महर्जन र विवेक श्रेष्ठले विशेष लाइभ प्रस्तुति दिँदै उत्सवलाई अझ रंगीन बनाउने छन्। Vinoliva Restaurant & Bar ले क्रीसमस ईभ र न्यु इयर ईभलाई विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउँदै राजधानीवासी तथा पाहुनालाई उच्चस्तरीय स्वाद, सेवा र मनोरञ्जनको अविस्मरणीय अनुभव प्रदान गर्ने तयारी गरेको छ।
