जेन जी प्रोटेस्टकै कारण नेपालको पछिल्लो राजनैतिक परिवर्तन भएर प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाइ नेपालका भ्रष्टाचारी प्रमाणित भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दलहरुले आफू सक्किएको महसुस गर्दै बिरोध गरेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने सर्त सहित समर्थन गरेको छ।
रास्वपाले प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ। रास्वपाले भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताएको छ। पार्टीले सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, र आर्थिक सुधारमा जोड दिन आग्रह गरेको छ।
संविधान पालनाको विषयमा प्रश्न उठेका बेला रास्वपाले भदौ २३ मा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको स्मरण गराएको हो । महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा रास्वपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षशील रहेको स्मरण गराएको छ।
रास्वपाले आउँदो फागुन २१ गते तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको पार्टीले उल्लेख गरेको छ ।
विज्ञप्तिमा रास्वपाले यी घोषित लक्ष्यहरूबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा स्पष्ट रहेको जनाउँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा आफ्नो दल सदा सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

