द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा

Artwork depicting faces of women integrated with trees and flowers, symbolizing generations GI, Gen Z, and Alpha.
Spread the love

कृष्ण केसी, सेप्तेम्बेर १४, २०२५

“जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ” 

पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन  अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले अहिले गर्ने भनेको अध्ययन गरेर पस्क्ने मात्र हो। यहाँ मैले मेरा केहि घण्टा यसैमा बिताएको छु। अध्ययनकर्ताले थप अध्ययन गरुन भन्ने मेरो मनासायो हो। 

खासगरी बिश्वसमुदायमा डेमोग्राफी आर्थात जनसंख्याको अध्ययन धेरै पुरानो रहेछ। इतिहासमा उल्लेख गरिए अनुसार प्रारम्भिक रूपमा जनसंख्यालाइ व्यवस्थित अध्ययन गर्ने काम १७ औं शताब्दीमा सुरु गरेको उल्लेख छ। त्यसै समय देखि जनसंख्यालाइ विभिन्न समूहमा राखेर अध्ययन गर्न जेनरशनहरुको ग्रुप बनाएको मानिन्छ। बिशेष गरेर १८८५ मा, “Demography” लाइ Belgiam का बिज्ञ (Statistician) Achille Guillard ले प्रयोग गरेको ऐतिहासिक रेफरेन्स पाइन्छ। “(International Union for the Scientific Study of PopulationToggle menu:Peter McDonald.)”

John Graunt (1620-1674)

पछिल्लो समयमा खासगरी  John Graunt (1620-1674) को नाम उल्लेख छ। उनलाइ जनसंख्याका पिता भनेर चिनिने गरिन्छ उनि लन्डनका एक व्यापारी थिए। उनले आफ्नो १६६२ को ‘Natural and Political Observations Made upon the Bills of Mortality” अध्ययनका क्रममा जन्म, मृत्यू जस्ता थुप्रै कुराको ग्रुपमा राखेर अध्ययन गरेका थिए। त्यहीं देखि आधुनिक जनसंख्याको अध्ययन गरियो भनिन्छ। 

अनि Achille Guillard ले आफ्नो १८५५ मा प्रकाशित पुस्तक, Éléments de statistique humaine, ou démographie comparée मा मानव जनसंख्याको आकार, संरचना र वितरण सहितको संख्यात्मक अध्ययनको वर्णन गर्न “जनसंख्या/demography” शब्दको सुरुवात गरे भनिन्छ। 

पुस्ता-पुस्ता समूह अध्ययनको सुरुवात (Britannica का बाट)

२० औं शताब्दीमा पुग्दा जनसंख्याका पुस्ताहरूलाई अलग-अलग समूहको रूपमा लेबल गर्ने र अध्ययन गर्ने अवधारणाको सुरु गरियो। यसले एउटै समयमा जन्मेका मानिसहरूले साझा अनुभवहरू र रचनात्मक घटनाहरू साझा सुपमा लिन्छन भन्ने सोच थियो। जसले उनीहरुको सामुहलाइ उनीहरुकै मूल्यमान्यता, व्यवहार र दृष्टिकोणलाई आकार दिन्छ भन्ने बिश्वास राखिएको थियो।

अब कुरा गरौँ समूह बिभाजनको

यो पुस्ता बिभाजनको सोच, पुस्तागत नामहरू र तिनीहरूको सम्बन्धित उमेर दायराहरू ल्याएर अध्ययन गर्नु सांस्कृतिक परिवर्तनहरू बुझ्ने र वर्गीकरण गर्ने एक लोकप्रिय तरिका हो। केही भिन्नताहरू भए तापनि यहाँ सबैभन्दा सामान्य रूपमा स्वीकृत उमेर समूहहरू प्रयोग गर्ने गरिन्छ। जसलाइ सबैभन्दा जेठोदेखि कान्छो उमेर समुह भन्न सकिन्छ।

The GI Generation (The Greatest Generation/वा सबैभन्दा बुढो उमेरको पुस्ता):१९०१ देखि १९२७

ब्रिटानिकामा उल्लेख गरिए अनुसार करिब करिब १९०१-१९२७ को समयमा The Great GI जेनरेशनको प्रयोग गरिएको मानिन्छ। यो शब्दलाई William Strauss and Neil Howe ले आफ्नो १९९१ को पुस्तक “Book Generations” मा धेरै प्रयोग गरेर लोकप्रिय बनाएका थिए। 

उनीहरूले यो समूहलाई महामन्दी (The Great Dipression) को समयमा उमेर पुगेका र दोस्रो विश्वयुद्धमा लडेका उमेर समूहको रूपमा परिभाषित गरेका थिए। त्यसैले यसलाई उनीहरुले “The Great GI” नाम दिएका थिए। खासगरी GI लाइ अमेरिकी सैनिकहरूको अध्ययन, अमेरिकी इतिहासमा धेरै प्रयोग हुने शब्द मानिन्छ।

खासगरी १९०१ देखि १९२७ सम्म जन्मेका उमेर समुह यो समूह मुख्यगरी युरोप, ओसीआना, नर्थ अमेरिका, ब्रिटेन, युरोप, जापान लगातलाइ देशलाइ आधार मानेर बनाइएको छ। यिनीहरु महामन्दी (the Great Depression) बाट बाँचेका र दोस्रो विश्वयुद्धमा लडेका समुहका मानिसहरु हुन्। यो उमेरका मानिसहरु प्राय समुदायको लागि बाँच्ने, देशभक्ति र व्यक्तिगत बलिदानको बलियो भावनाद्वारा प्रेसित हुन्छन। 

The Silent Generation (मौनवादी/सित युद्धका पुस्ता): १९२८ देखी १९४५

मौनवादी या मौन पुस्ता समूहमा १९२८ देखि १९४५ सम्म जन्मेका उमेर समूहलाइ मानिन्छ। यो समय शीतयुद्धको थियो। सोभियत युनियन र अमेरिका आपसी दुश्मन थिए। अनि यी देशका पछाडी अलायन्समा बिश्व विभाजित थियो। कम्युनिष्ट देश र बाँकी त्यो पक्षको रुसले नेतृत्व र प्रजातान्त्रिक देशहरुको नेतृत्व अमेरिकाले गर्थ्यो। खासगरी यो पुस्तामा पुननिर्माण र भबिष्य बनाउने काममा प्रेरित र प्रोत्साहित थिए। यो समय धेरै सांकृति र नयाँ आयामहरुको बिकास भएको मानिन्छ। उनिहरुलाइ देशभक्त, फ्रिडम फाइटर जस्ता उपमा दिनेगरिन्छ। 

Baby Boomers : (बेबी बुमरहरू) १९४६ देखि १९६४

जन्मका आधारमा १९४६ देखि १९६४ को समय जन्मेकाहरुलाइ बेबी बुमर्स भनेर नामकरण गरियो। यो समूह दोस्रो विश्वयुद्ध पछिको उमेर समुह हो। यो समयमा फेशन, गीत-संगीतले धेरै चर्चा पाएको समय पनि हो। “Rock and Roll” देखि १९६० को दशकको “the counterculture” जस्ता सांस्कृति इतिहास अर्थात सुरुवात र लोकप्रिय भएका कुरा पर्छन। यो समुह खासगरी आशावादी र परिवर्तनप्रति प्रेरित, आविष्कारक, पुन;निर्माण, सामाजिक विकासका प्रेणेता नै मानिन्छन। 

Generation X (जेन एक्स):१९६५ देखि १९८०- लाच्की किड्स, पहिलो डिजिटल पुस्ता

जन्मले १९६५ देखि १९८० सम्म जन्मेका उमेर असमुहका व्यक्तिहरुलाइ यो समुहमा राखियो। यिनीहरुलाइ “latchkey kids” लाच्की किड्स भनेर चिनिने बढी प्रचलन छ। यसलाई अनियन्त्रित स्वतन्त्र, स्वार्थी समूह, गंजेडी समुह भनेर आलोचना पनि गरिन्छ। मुख्य कुरा डिजिटल (analog-to-digital transition) ट्रान्स्मिशन (जस्तोकी सांकेतिक संख्या, रोमन नम्बर इत्यादी बाट नम्बर) को पहिलो प्रयोग पुस्ता पनि भनिन्छ। तर यो पुस्ताको समाजमा सम्बन्ध विच्छेद दर उच्च भएको, एक भन्दा धेरै श्रोतबाट आम्दानी गर्ने, धेरै पटक बिबाह गर्ने, धेरै सन्तान जन्माउने, घुमफिर र सामाजिक सेवा पनि गर्ने तर अरुको बिश्वास नगर्ने स्वार्थी समूह पनि भनिन्छ।

Millennials (Generation Y/सहस्राब्दी वा पुस्ता वाई-Y) १९८१ देखि १९९६- एडभान्स डिजिटल पुस्ता

सहस्राब्दी (Millennials) पुस्ता भन्ने गरिएका यो उमेर समूहमा १९८१ देखि १९९६ सम्म जन्मिएका व्यक्तिहरु पर्छन। यिनीहरु मुख्यतया सहस्राब्दीका पहिलो पुस्ता भएकाले डिजिटल संसारका अग्रगामी मानिन्छ। अर्थात डिजिटल एजको एडभान्स समुहमा पर्छन। इन्टरनेट र सामाजिक सञ्जालको जन्मको पहिलो प्रयोगकर्ता पनि यिनीहरु नै हुन्। यिनीहरुलाइ प्राविधिक रूपमा जानकार, समुदाय र समाजप्रति सहयोगी र सामाजिक रूपमा सचेत समुह भनेर वर्णन गरिन्छ।

Generation Z/Gen Z (जेनरशन जी)-“डिजिटल नेटिभ” एज अफ सोसल मिडिय- १९९७ देखि २०१२ 

Gen Z/जेन जी अर्थात १९९७ देखि २०१२ सम्म जन्मेका उमेर समूहका व्यक्तिहरु। नेपाली सन्दर्भमा सेप्टेम्बर महिनामा सबैभन्दा धेरै बिश्वो बजारमा समेत हेडलाइन भएका यो उमेर समुह हो। यो समुहलाइ “डिजिटल नेटिभ”, “स्मार्ट सिस्टम” पुस्ता पनि भन्ने गरिन्छ। 

यिनीहरु स्मार्टफोन, डिभाइस, इन्टेलिजेन्स सिस्टम र सामाजिक सञ्जाल बिनाको संसारलाई चिन्दैनन्। नेचारल कुरालाइ इन्टेलिजेन्स गरेर हेर्छन तर वास्त्ताविक समाजको स्वाद र पुरातन संकृति, संस्कार अर्गानिक जीवन इत्यादिबाट टाढा छन्। 

यिनिहरू धेरै व्यावहारिक हुन्छन तर मशिन र सिस्टम बिना चल्दैनन। विश्वव्यापी रूपमा सचेत छन् र प्राय सामग्री सिर्जना गर्न र उपभोग गर्न, प्रबिधिहरू र कुराकानीहरू चलाउन टुल र विधि, प्रबिधि प्रयोग गर्छन्। धेरै त जन्म स्थान भन्दा अन्यत्र गएर बस्न रुचाउछन्। बिश्वोका कुनै पनि देशमा एडजस्ट गर्न सक्छन। यो समुह आवश्यक पर्ने बिषलाइ नै धेरै अध्ययन गर्छन नचिनेकाबरुबीच पनि छिट्टै टिमअप गर्छन। Agmented Reality (AR), Virtual Reality (VR), Distance Learning, Telework, Digitech, Artificial Intellegenc (AI) यिनीहरुको समयका मुख्य आविष्कार र प्रयोग हुन्।  

Generation Alpha १९९७ देखि २०१२ 

करिब २०१०-२०२५ सम्म जन्मिएका उमेर समूहलाइ यो समय Generation Alpha भनेर  पहिलो पटक Achille Guillard (1799-1876) ले आफ्नो १८५५ मा प्रकाशित पुस्तक, Éléments de statistique humaine, ou démographie comparée मा मानव जनसंख्याको आकार, संरचना र वितरण सहितको संख्यात्मक अध्ययनको वर्णन गर्न “जनसंख्या/demography” शब्दको 

गरेका हुन्। यस पहिला यो समूह थिएन। उनले Social researcher and demographer:Mark McCrindle ले “The ABC of XYZ: Understanding the Global Generations” (Math.scholastic.com) मा यो समूहको प्रयोग गरेका हुन्। 

उनले Generation Z पछि नयाँ पुस्ता सुरु हुँदैछ। तिनीहरूको लागि कुनै नाम थिएन। त्यसैले उनले Greek alphabet (ग्रीक वर्णमाला) को सुरुवातमा फर्कने निर्णय गरे। २१ औं शताब्दीमा पूर्ण रूपमा जन्मिने पुस्ताको लागि नयाँ सुरुवातलाई जनाउन “जेनरेसहन अल्फा” शब्द प्रयोग गरे। यो पुस्ता, सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्, उनले भनेका छन्। 

यो सबैभन्दा नयाँ पुस्ता हो र यिनीहरु AI, VR, AR, AI जस्ता कुरामा व्यक्तिगत सिकाइसँग हुर्किरहेका छन्। इतिहासमा सबैभन्दा प्राविधिका रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको पुस्ता यो नै हो। यो पुस्ता टेक्नोलोजीमा यहाँसम्म हरायो की “Who is my Dad googal?” खोजी गर्छन भन्ने ब्याङ्गीय उक्ति पनि छन्।  प्रबिधि बिहान यो समूह चल्न सक्दैन भनिन्छ।

नोट: यो लेखनमा बृटानिका, एआइ, एडबी टुल्स र थुप्रै श्रोतको खोजी र प्रयोग गरिएको छ।