Headlines

इतिहासमै पहिलो अमेरिकन पोप लियो चौधौं चयन

क्याथोलिक चर्चको इतिहासमा पहिलो पटक अमेरिकन पोप लियो चौधौं क्याथोलिक चर्चको २६७ औं धर्म गुरुको रूपमा निर्वाचित भएका छन्।

विभिन्न देशका १३३ कार्डिनलहरुले पोप लियोलाइ चयन गरेका हुन्। निर्वाचन गतिबिधि हुँदाको समय चिम्नीबाट कालो धुँवा आउने गरेकोमा एकासी सिस्टिन च्यापलबाट चिम्नीले बिहीबार भ्याटिकन समयको साँझ सेतो धुवाँको मुस्लो छोड्यो। यसको अर्थ १३३ कार्डिनलहरूले क्याथोलिक चर्चको लागि नयाँ पोप चयन गर्न दुई तिहाइ बहुमत पुगेको संकेत गरेको हो।

अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्टलाई त्यसको केही समयपछि २६७ औं पोन्टिफको रूपमा घोषणा गरिएको थियो। उनले लियो चौधौं भन्ने नाम रोजे, एक वरिष्ठ कार्डिनल डिकनले सो कुरा जानकारी दिए। 

अमेरिकाको शिकागो निवासी ६९ वर्षीय पोप पहिलो अमेरिकी पोप हुन्। पोप लियोले पहिलो शब्द नै शान्तिको संदेश इटालियन भाषामा बोले। नयाँ पोप लियो १४ औं लाइ अमेरिकी राष्ट्रपति ट्रंप र पूर्व राष्ट्रपतिहरु बाइडेन, ओबामा, बुश र क्लिन्टन सबैले बधाई दिएका छन्।

Leave a Reply