Headlines

कम्युनिष्टको सरकारमा प्रजातान्त्रिक दल निषेध, सभापति लामीछानेको कम्ब्याक 

नेपालको एमाले कम्युनिष्ट नेतृत्वमा रहको सरकारले सुनियोजित रुपमा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाइ अल्झाएर राखे। अनि आफूहरु चाहिं ब्रह्म लुटमा लागे।

तर अदालतको एक पछि अर्को फैसलाले धरौटीमा सभापति लामीछानेलाइ थुनाबाट मुक्त गर्दै गयो। यो करिव छ महिना पार्टी राजनीतिबाट निष्कृय रहेका सभापति लामीछाने अब कम्ब्याक भएका छन्। उनले यस पहिला नै भनेका थिए समय आउंदैछ। लाग्छ समय आएको जस्तो छ। यसैबीच प्रधानमन्त्री खड्गप्रसाद ओलीले बोलाएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपालाइ भने निषेध गरिएको थियो। 

रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार लामिछाने सोमबारबाट सभापतिको हैसियतमा पार्टीको काममा सक्रिय हुनेछन्। २४ माघमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश पाएका लामिछाने अन्य जिल्लामा मुद्धा विचाराधीन भएकाले पार्टी राजनीतिमा सक्रियथिएनन्। 

एमालेका सभामुखले कांग्रेसको समर्थनमा उनको सांसद पद पद निलम्बन गरिदिएको छ। भलै सभापति लामीछाने निलम्बन फुकुवा गर्न दिएको निवेदन पनि थन्किएको छ। तर सत्तापक्षले भने आफू भ्रष्टाचार र नैतिक पतन भएको बिर्सेद्र नैतिक प्रश्न उठाउन थालेको छ। 

यस अर्थमा लामिछानेलाई पार्टी जीवनमा सक्रिय बन्न नैतिक प्रश्न भने बाँकी नै छ । तर यो प्रश्न थाती राख्दै उनी रास्वपाले सोमबार बोलाएको केन्द्रीय समिति बैठकको दोस्रो सेसनको अध्यक्षता गर्न चमतीस्थित कार्यालय पुग्नेछन् ।

यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विशेष बैठक सोमबार बस्ने भएको छ। केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार भोलि सोमबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले बताए। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद मन्तव्य राखे लगत्तै दोस्रो बैठक बस्नेछ। त्यो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् ।

Leave a Reply