नेपाली कांग्रेसमा पार्टीमा शुशिल कोइराला पछि त्यो गुटको नेतृत्व डा. शशांक कोइरालाले गर्छन भन्ने थियो त्यो अपेक्षा टुटेपछि कांग्रेसमा एक किसिमको पावर चेक-ब्यालेन्स खुस्किएको छ।
सभापति शेरबहादुर देउबाको अगाडी सबै मुसा छन् कसैको हिम्मत छैन। उनले गिभ-एण्ड टेक गरेर नेपाली राजनीतिमा आफ्नो जीवन मात्र होइन श्रीमती डा. आरजु देउबा र भतिज भानु देउबाको लागि पनि राजनीति सुरक्षित राखेका छन्।
वर्तमान महामन्त्री द्वोय विश्वप्रकाश शर्मा र गगनकुमार थापा इतिहासकै सबैभन्दा असफल महामन्त्री छन्। शर्मा काम गर्दैनन थापा माफिया गुटसँग मिलेर लुटमा लागेका छन्। डा. शेखर कोइराला शक्ति बिहिन छन् उनको कुरा कम बिक्छ।
केहि समय पहिला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै प्रतिनिधिसभाको बैठकमा बाँदर चीनलाइ बेच्नुपर्ने कुरा बताएका थिए। सुन्दा अनौठो लागेपनि यो बिषय भनेको बाँदर आतंक होइन सित्तैमा पाइने बाँदर बेचेर लुट्ने अर्को योजना हो। यसलाई सहज बनाउने उनले श्रीलंकाले बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका थिए। अब हामीले बाँदरहरू चीनतिर बेचौँ र माला-माल बनौ। तर उनले मालामाल को हुने त्यो भने उल्लेख गरेनन।
त्यसैगरी नेपाली कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले मार्च ३, २०२५ का दिन प्रतिनिधिसभाको विशेष समयमा यौन व्यवसायलाई वैध बनाउनेअभिव्यक्ति दिएपछि पार्टी र नेपाली राजनीतिमा चर्को विवादको भएको छ। घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने र यसबाट पर्यटनलाई प्रवर्द्धन गर्न सकिने धारणा राखेका थिए। पार्टीको मात्र होइन देशको कानुन बनाउने ठाउँको सचेतकले नेपाली महिलाहरुलाइ यौन ब्यबसायमा जान धकेल्नु भनेको आपत्तीजनक कुरा हो। अर्थात् पैसा कमाउन छोरी-बुहारी, श्रीमती, चेलीबेटी, आम सबैको शरीर बेचौं भनेकै हो।
पार्टीका महिला सांसदहरू इश्वरी न्यौपाने, सीता गुरुङ, अम्बिका बस्नेत लगायतले घिमिरेको भनाइले पार्टीको प्रतिष्ठामा असर पुर्याएको बताएका थिए। यस्ता भनाइहरूको विरोध जनाउँदै विपक्षी महिला सांसदहरूले प्रतिनिधिसभामा विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए।
यसको कारण भने बुझिएको छैन। घिमिरेको कांग्रेस पार्टीका र बाहिर तीव्र आलोचना चाहिं भएको छ। मार्च ५ गते, कांग्रेस पार्टीका प्रमुख नेताहरुले शेर बहादुर देउवाको निवासमा आयोजित बैठकमा घिमिरेको भनाइको विरोध गरे। प्रकाशशरण महत लगायतका नेताहरुले घिमिरेको अभिव्यक्ति अस्वीकार गरे। केवल उपसभापति पूर्णबहादुर खड्का र पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले उनका पक्षमा धारणा राखेका थिए।