Headlines

लबस्तरो सरकार र लज्जित नेपाली: रास्वपा सभापति लामिछाने

नेपाली कांग्रेस र नेकपा एमाले पार्टी मिलेर राजनैतिक रुपमा प्रतिसोधपूर्वक मुद्धा-माथि मुद्धा बोकाईएका रास्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत महिना देखि पुनरावेदन गर्न थालेका छन्।

काठमाण्डौ जिल्ला अदालतको धरौटी मागको आदेशविरुद्ध उच्च अदालत पाटनमा मार्च २१, शुक्रबार निवेदन दर्ता गराएपछि पत्रकार-सञ्चारकर्मीले घेरिएका रवि लामिछानेले यो देशको भविष्य अब तपाईं र हाम्रो पुस्ताको हातमा आउँदै छ। म तपाईंलाई हेडलाइन होइन लाइफलाइनको कुरा गर्दै छु। अहिले हेडलाइनको चिन्ता गर्ने वेला होइन, न त पक्ष-विपक्षको कुरा हो। 

अहिले नेपालको सरकार लबस्तरो भएको छ, बेसरम छ त्यसको लाज छोप्न म अदालतहरूमा पुगिरहेको छु। ठाउँ-ठाउँमा जानुपर्ने बाध्यता छ तर हाम्रो पनि समय आउँछ। त्यसैले अब यहाँहरु सबै तयार रहन आग्रह गर्छु। राजावादीको अभियानका विषयमा आवेग वा उत्तेजनामा म छैन किनभने मुलुक अहिले गम्भीर अवस्थामा छ। एउटा जिम्मेवार दलको नेता र जनताले आशा एवं भरोसा राखेको व्यक्तिका रूपमा म आवेगपूर्ण अभिव्यक्ति दिने पक्षमा छैन।

रविले भने, मैले बोल्ने समय नजिक आउँदै छ, अहिले नै म बोलेँ भने दुई-तिहाइको सरकारलाई कठिनमा पर्छ। त्यसैले मलाई बोल्न नलगाउनुस्, जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ।

Leave a Reply