Headlines

७७ कांग्रेस पोखरामा भेला हुने, सभापति देउबाले संबोधन गर्ने

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ।

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन्। सो प्रशिक्षण कार्यक्रमलाइ कांग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य नेताहरूले सम्बोधन गर्नेछन्।