Headlines

एमाले सरकारपछि सार्वजनिक सेवामा चाकडी विकास भयो:सञ्चारमन्त्री

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा एमाले पार्टीका नेता पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीको सरकार बनेपछि सार्वजनिक सेवा प्रशारण संस्थाहरुहरुमा चाकडी गर्नेको विकास भएको बताएका छन्। उसो त कानुन र बिधिलाइ नमान्ने यी एमाले नेता तानाशी सोचका मात्र छैनन हप्तेपिच्छे विवादमा पनि आउनेगर्छन।

उनलेइ मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रममा बोल्दै आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकार आएपछि संस्था र सरका बिधि र सिद्धान्त अनुसार आफूहरुले चलाउन नसक्दा चाकडी गर्नेहरुको विकास भएको बताएका हुन्। यसलाई उनले बेसरम हुँदै गौरव गर्दै बताए।

रेडियो नेपालले ३० वर्षसम्म पञ्चायतको ताबेदारी गर्यो अहिले आफ्नो पार्टीको गरेको छ। सूचना सम्प्रेषण रेडियो नेपाल असक्षम छ पनि भन्न भ्याए। त्यसैगरी नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न आफ्नो सरकार असक्षम भएको बताए। उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको गर्न नसकिएको स्वीकार्दै अघि सोच्ने कुरा व्यक्त गरे।

Leave a Reply