Headlines

ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न 

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको आयोजना तथा शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। 

शिक्षा विकास तथा समन्वय इकाइ  ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार जिल्लाभित्रका छवटा स्थानीय तहबाट प्रतिनिधिमूलक विद्यालय  शैक्षिक प्रदर्शनीमा सहभागी भएका छन् ।शैक्षिक प्रदर्शनीमा बागमतीको शारदा शिक्षा सदन मावि, महाङ्कालबाट बाघभैरव मावि, महालक्ष्मीबाट विश्वामित्र मावि, ललितपुर महानगरपालिकाबाट जेम्स मावि, गोदावरीबाट पुष्पान्जली  मावि र कोन्ञ्जाेसोमबाट बालेश्वरी माविले सहभागिता जनाएका थिए।

शैक्षिक प्रदर्शनीमा हाइड्रोपावर, भूकम्प सूचक, एड्रेयानु बेस्ड पियानो, रुलर इनर्जी, गणितीय नाप लगायतका परियोजना प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ॠषिदेव फुँयालले गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता र अनिवार्य शर्त  भएको बताउनु भयो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना क्रमशः विश्वामित्र, पुष्पान्जली, जेम्स र बालेश्वरी माध्यामिक विद्यालयले नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन्। उत्कृष्ट विद्यालय बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ। विद्यार्थीले तयार पारेका सामाग्रीको मूल्याङ्कन पाठ्यक्रमसँग सम्बन्ध, मौलिकता तथा नविनता  लगायत स्थानीय उपलब्ध सामाग्रीमा आधारमा गरिएको थियो।

Leave a Reply