Headlines

सहकारी ठग्ने र घुस खाने एमाले-कांग्रेस, मुद्धा खेप्ने रास्वपा सभापति लामिछाने

नेपालको सहकारी ठगी र घुस खानेमा सबै भन्दा धेरै एमाले नेताहरु र अनि दोश्रोमा कांग्रेस नेताहरु छन् तर मुद्धा खेप्ने त्यो पनि कस्टडीमा रहेर भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछाने। नेपाली राजनीतिमा सबै भन्दा चोखो भनेको यो समय रवि लामिछाने मात्र हो भने बाँकी पार्टी नेताहरु कोहि पनि चोखा छैनन भन्ने कुरा तथ्यहरुले प्रमाणित गरेको छ। 

एमबिबिएसमा नाम निकालिदिने भन्दै ३८ लाख घुस लिने एमाले मोरङका जिल्ला सदस्य अनिल पोखरेललाइ एमाले अध्यक्षले पिए बनाएका थिए तर अदालतको परामादेश जारी गरेपछि पिएबाट हटाइए। 

सहकारी ठगीमा प्रमाणित भएका एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकोलाइ उन्मुकित दिएको छ तर लामिछानेको लागि थुनामा राखनको लागि दर्जनौं भाडाका भोका-नाङ्गाहरुलाइ कास्की पुर्याइयो। सरकारी वकीलर बाँकी उनीहरुको एउटा चुच्चो मिलेको थियो सबै जे सुकै हो तर रवि लामिछाने थुन्नुपर्छ। यो कस्तो बहस होला ? 

नेपाली कांग्रेसका धनराज गुरुङ आफैंले सहकरी ठगेको स्विकरेका छन् तर पनि उन्मुक्ति दिइयो। यो कस्तो न्याय होला ?