Headlines

भीम रावल कम्युनिष्ट होइन प्रजातान्त्रिक पार्टी बनाउने योजनामा

Karel Bartošek, Joachim Gauck, Jean-Louis Margolin, Ehrhart Neubert, Andrzej Paczkowski, Jean-Louis Panné, Nicolas Werth को पुस्तक “The Black Book of Communism-Crimes, Terror, Repression is a 1997” का अनुसार कम्युनिष्टहरुको कारण या उनीहरुले गर्दा बिश्व युद्धले भन्दा धेरै मान्छे मारिएका छन्। तर नेपालका आम नागरिकलाइ यस्तो कुरा थाहा छैन। त्यसैले उनीहरु अझै पनि कम्युनिष्टहरुलाइ मत दिने र कम्युनिष्ट पार्टीमा छन्।

यदि त्यहि कुरा नेपालका आम नागरिकले बुझ्ने हो भने नेपाली कम्युनिष्टहरुको हालत पत्तासाफ हुनेछ। तर पनि कम्युनिष्ट पार्टी छोड्ने क्रम भने तिब्र हुँदैछ। अझै पनि कम्युनिष्ट पार्टीमा मान्छे हुनु या रहनुको कारण अन्य उपयुक्त प्रजातान्त्रिक दल नहुनु हो। 

पछिल्लो दशकमा समय केहि नयाँ दल आए-उदाए अस्ताए। उनीहरुको दल मात्र नयाँ हो नेता र सोच चाहिं पुरानै थियो। त्यसैले उनीहरु असफल भए। तर राष्ट्रिय स्वतन्त्र पाटी भने प्रजातान्रिक रुपमा आयो, फरक रुपमा आयो अनि सफल भयो। त्यसैले पुराना भनिएका पार्टीहरु पनि डरले मरे अनि प्रतिवादमा उत्रिए।

नेपाल कम्युनिष्ट पार्टी एमालेमा अध्यक्ष खड्गप्रसाद ओलीले तानाशाह जमाउन थालेपछि पार्टी छोड्ने क्रम बढेको कुरा राजनैतिक विश्लेषकहरुको दावी छ। पछिल्लो समय नेता भिम रावललाइ अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। उनीसंगै अरु दुइ नेताहरुलाई पनि ६ महिना सस्पेन्ड गरेपछि त्यसले ल्याएको तरंग धान्न ओलीलाइ आच्छु आच्छु परेको छ।

यति मात्र होइन रावलले नयाँ पार्टी नै खोल्ने घोषणा गरिसके। यहि डिसेम्बर ३१, २०२४ बुधबार उनले पत्रकार सम्मेलन गरेर कम्युनिष्ट पार्टी भन्दा फरक प्रताजन्त्रिक पार्टी बनाउने योजना गरेका छन्। 

केहि दिन देखि मिडिया फोकसमा परेका नेता रावलले अब नयाँ पार्टी खोल्न पहिला देश दौडाहा गर्ने भएका छन्। यस पहिला एमालेबाट फुटेका माधव नेपालको पार्टी कम्युनिस्ट नामकै कारण अगाडी जान सकेन। त्यो कुरा उनले बुझेका छन्। त्यसैले ओलीलाइ चुनौती दिन उनकै गृह जिल्ला झापाबाटै देश दौडाहा सुरु गर्ने तयारी गरेका छन्।