Headlines

रास्वपा भन्छ दल नेता अहिले फेरिन्न, पेड मिडिया लेख्छन-फलाना हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सृजित मुद्धामा कस्टडीमा राखेको छ। मुद्धाका बिषयमा कास्की जिल्ला अदालतमा बयान लिन्ने काम हुँदैछ। थुन-छेक बहस सुरु भएको छैन। तर नेपालका पेड मिडियाले कति बर्ष जेल हाल्ने फैसला न-आउंदै लेखिसके। 

रास्वपा सभापति लामिछानेले कार्यबाहक सभापति सिनियारिटीका आधारमा दुइ उपसभापति मध्ये एक डिपी अर्याललाइ दिए। त्यो कुरा सामान्य हो। हतार-हतारमा सभामुखले लामिछानेको सांसद पद निलम्बनमा राखे। जुन कुरा बेला नै भएको छैन। अब त्यसैलाइ डमी न्यूज बनाएर अब संसदीय दल नेतामा तीन नेता बीच भिडन्त र को हुने को नहुने भनेर लेख्न थाले। 

तर रातोपाटीसँगको कुराकानीमा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने त्यसो नभएको र यो बिषयमा फरक निर्णय गरिएको कुरा बताएका छन्। उनले भने, विवाद भएको चर्चा बिल्कुल गलत हो। रास्वपाको छलफल हुने तीन तहछन्। संसदीय समिति, केन्द्रिय समिति र सचिवालय। हामी सचिवालय बैठकमा दलको नेताका विषयमा अलिकति प्रवेश गरेका हौँ। तर, तत्काल यो विषयमा प्रवेश नगरौँ भन्ने साझा विचार उत्पन्न भएको छ।

अब त्यसैलाई पेड मिडियाले उत्पात भएको लेखिदिए। नेता श्रेष्ठ भन्छन, पार्टीमा विवाद हैन बहस भएको हो। बहसलाई विवाद भनेर परिभाषित गर्नु गलत हुन्छ। हामी अप्रत्याशित घटनामा पर्‍यौँ। त्यसैले हामी कानुनी सुझाव र सल्लाह लिएर अघि बढिरहेका छौँ। यस्तो अवस्थामा आएको तमाम विषयमा बहस स्वाभाविक हो।  

पार्टी सभापति तथा हाम्रो आदरणीय नेता रवि लामिछानेको मुद्दामा थुनछेक बहस हामीले हेर्ने निर्णय गरेका छौँ। संसद् सचिवालयले जुन हिसाबले उहाँको विषयमा निर्णय गर्‍यो त्यो विषयमा रिट दायर गर्ने तयारी पनि छ। संसद् सचिवालयले निलम्बित गरेको हो निष्काशित गरेको होइन। त्यसकारण उहाँको अहिले अनुपस्थितिमा र संसद् आह्वान पनि नभएको समयमा यो विषयमा प्रवेश नगरौँ भन्ने हामी सबैको बुझाइ छ।