Headlines

ओली सरकारको कार्यसम्पादनबाट एमाले सन्तुष्ट, कांग्रेस असन्तुष्ट

नेपालको सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पदनबाट एमाले सन्तुष्ट रहेको अभिव्यक्ति दिएको छ। तर सत्ता साझेदार दल नेपाली कांग्रेसले भने असन्तुष्ट भएको जनाएको छ। स्मरणीय कुरा, एमाले पार्टी अधिनायकवादी पार्टी हो, पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले जे भन्यो त्यहि हुनुपर्छ, फरक मत राख्न पाइदैन अन्यथा भिम रावललको हालत हुन्छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सरकारको ५ महिनाको कार्यसम्पादनको समीक्षा गर्दै सन्तुष्टि जनाएको हो। तर सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसले भने बारंबार सरकारको कामप्रति असंतुष्टि जनाउँदै आएको छ। आम नागरिक त यो सरकारबाट हैरान नै भएका छन्। 

यो सरकार बनेपछि अर्थतन्त्र डामाडोल भएको छ। मन्त्रालयमा बजेट कागजमा मात्र छ तर खातामा केहि करोड मात्र पैसा भएको कुरा मन्त्रलयका एक सचिवले बताए। 

कांग्रेस नेता तथा सांसद तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले गत महिना अर्थतन्त्र खराब भएकै कारण काँग्रेसअक पूर्वअर्थमन्त्रीहरुको विवेचनाको आयोजना गरेका थिए। सो बैठकका विचारहरुबाट प्रमाणित नै गरिदिएका छनकी यो सरकारको अर्थतन्त्र डामाडोल छ।  

यो सरकार आएपछि न्यायसम्बन्धी कानुन सरकर नियन्त्रित् गर्न खोजिएको छ। प्रशाशनलाइ एकातरफी बनाइएको छ। नागरिकले न्याय पाएका छैनन। बाह्य सम्बन्ध खराब हुँदै गएको छ। भारत रिसाएको छ। युरोप, अमेरिका र बेलायतले विश्वास गरेका छैनन। अन्तर्राष्ट्रिय सम्बन्धमा सबै भन्दा खराव अवस्था अहिलेको सरकारको पालामा भएको छ। 

संविधान संशोधन गरेर आफू अनुकुल बनाउने योजना गरिएको छ। सहकारीको नाममा देखिएको समस्यामा सबैभन्दा धेरै एमाले र कांग्रेसका नेताले अपचलन गरेका छन्। तर यो सरकारले उनीहरुलाई उन्मुक्ति दिएको छ। सोहि बिषयमा रास्वपा माथि निर्दयी बन्दै गएको छ। यति मात्र होइन सरकार पूर्ण रुपमा फेलुयर भएको कुरा समालोचकहरु बताउँछन्।