क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकाका राष्ट्रपति इलेक्ट तथा पूर्व राष्ट्रपति डनल्ड ट्रंपबीच ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भेटघाट भएको छ।
शुक्रबार नोवेम्वेर २९, २०२४ पामबीच फ्लोरिडा स्थित रहेको ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भएको भेटघाटपछि प्रधानमन्त्री ट्रुडोले भेटघाट राम्रो भएको बताएको कुरा एबिसी न्यूजले बताएको छ।
यसपहिला ट्रंपले मेक्सिको र क्यानाडाबाट आयातित समानमा २५% स्विपिङ्ग ट्यारिफ लगाउने बताएका छन्। तर अमेरिकी अर्थबिज्ञले भने यसबाट कन्जुमरलाइ अनावश्यक मूल्य बढ्ने बताउंदै आएका छन्। तर यो भेटघाटले क्यानाडाप्रति ट्रंपको धारणा बदलिने विश्वास गरिएको छ।