अमेरिका निर्वाचन:क्यालिफोर्नियामा कुन प्रपोजिशनमा एस र कुनमा नो गर्ने ?

कृष्ण के सी, अमेरिका/अमेरिकी आम निर्वाचन यहि नोभेम्वर ५, २०२४ मा हुँदैछ। धेरै राज्यहरुमा अर्ली भोटिङ्ग सुरु भएको छ। जो घरैबाट भोट गर्न चाहनुहुन्छ, मेलबात एबसेण्टी ब्यालेट घर-घरमा पुगिसकेको छ।

यो पटक राष्ट्रपति र उपराष्ट्रपति सहित कयौ सिनेट र हाउस अनि राज्य, काउण्टी मात्र होइन, सिटी र थुप्रै एजेन्सी, स्कूल डिस्ट्रिक, जज, लगायत कानुनका बिषयहरुमा पनि मतदान हुँदैछ।

यसै क्रममा क्यालिफोर्निया राज्यमा कुन कुन प्रपोजिशन (प्रप) छन् र कुनमा एस र कुनमा नो गर्ने भन्ने बिषय नै आज उठाइएको छ। 

प्रप २, ३, ४, ३२, ३३ र ३५ मा एस गर्दा राम्रो हुन्छ। प्रप ५, ६, ३४ र ३६ मा नो गर्नु राम्रो देखिन्छ। हुन त यसो भन्दै गर्दा कतिपयलाइ यो बिषय अनौठो पनि लाग्न सक्छ तर आम मतदाता र नागरिकको लागि यो नै सहि हो।

यहाँ प्रश्न उठ्न सक्छ किन ? 

१. प्रप २ मा एस गर्दा नागरिकलाइ करको भार नपरिकन पब्लिक स्कूलहरुको स्वास्थ्य र सुरक्षामा सुधार हुनेछ।

२. प्रप ३ मा एस गर्दा राज्यको संबिधानमा सबैखाले बिबाह संबन्धि स्वतन्त्रता प्राप्त हुन्छ। 

३. प्रप ४ मा एस गर्दा स्वस्थ पिउने पानी प्राप्त हुने, आगलागीबाट सुरक्षा तथा जलबायु परिवर्तन संबन्धि कानुन बन्छ।  

४. प्रप ५ मा एस गर्दा थुप्रै अफर्डेवल घर बन्ने, लो र मिडल क्लासलाइ घर खरिद मा फाइद हुन्छ भनिएता पनि यसबाट केहि करको दायर फरक हुने जस्ता कुरा पनि छन। नो गर्दा ५५ प्रतिसतको बहुमतले पास हुने कानुलाइ पहिलाकै दुइ तिहाइले पास गर्नुपर्ने हुन्छ। सुझाव नो गर्नु राम्रो हो।   

५. प्रप ६ मा एस गर्दा जेलका कैदीहरुको भोलेण्टरि सेवामा अनिबार्य र स्वइछिकका कुरा छन्। खासमा यसमा नो गर्नु राम्रो देखिन्छ।  

प्रप ३२ लाइ एस गर्नु राम्रो हो। यसबाट मिनिमम वेज (न्यूनतम पारिश्रमी/ज्यालादर) बढ्छ। वर्किङ्ग क्लासको लागि यो एस गर्नु रामो हो।  

प्रप ३३ एस गर्दा फरक रार्मो हो। भाडामा बस्नेहरुको लागी एसले फाइदा गर्छ। 

प्रप ३४ लाइ नो गर्नु रार्मो हो। यासेल केहि प्रेस्क्रिप्शन औषधिको खरिद र अन्य कुरामा सहजता प्रदान छ त्यसलाई रोकछ। एस गर्दा उन्मुक्ति दिन्छ।  

प्रप ३५ एस गर्नु राम्रो हो। यसले केहि सामुदायिक स्वास्थ्य सेवा प्रदायकहरुको लागि राहत दिन्छ। 

प्रप ३६ लाइ नो गर्नुहोला। नो गर्दा लागु औषधि, चोरी अपराधलाइ कडा रुपमा बनाइएको कानुन नै कायम राक्छ।

थप जानकारीको लागि यो हाइपर लिंक क्लिक गर्नुहोस।

Comments
Related News
Latest Post