शिक्षाको कर्मकाण्ड !

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, सेप्टेम्बर १५, २०२४
पाठ्यपुस्तक लेख्नेहरू
नबुझी नबुझी
के के लेखिरहेका छन् !

पाठ्यपुस्तक पढाउनेहरू
नबुझी नबुझी
के के पढाइरहेका छन् !

पाठ्यपुस्तक पढ्नेहरू
नबुझी नबुझी
के के पढिरहेका छन् !

प्रश्नपत्र बनाउनेहरू
नबुझी नबुझी
के के प्रश्नहरू बनाइरहेका छन् !

प्रश्नपत्रका
उत्तरदाता परीक्षार्थीहरू
नबुझी नबुझी
के के उत्तर
लेखिरहेका छन् !

उत्तरपुस्तिकाका
विशेषज्ञ परीक्षकहरू !

उत्तरपुस्तिकामा
नबुझी नबुझी अन्दाजले
अङ्क दिइरहेका छन् !

पण्डितजीले
नबुझी नबुझी
धर्म पलाक्दै
कर्मकाण्ड गरिरहे झैँ
शिक्षाको यो कर्मकाण्ड पनि
यही रीतले
धेरै वर्ष अघिदेखि
चलिरहेको छ !
चलिरहेको छ !

Comments
Related News
Latest Post