मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

नेपालको एमाले-कांग्रेस सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिवमा नियुक्त गरेको छ।

बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन्।

मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए।२०२४ मंसिर १० मा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण २०८२ मंसिर २४ गतेसम्म अर्थात बढीमा एक वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गर्नेछन्। 

अर्यालले सचिवको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन्। त्यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कलकत्तास्थित महावाणिज्यदूत लगायतको जिम्मेवारी सम्हाली सकेका छन्।

गृह प्रशासनमा लामो अनुभव भएका अर्याल निजामती कर्मचारीमा एक इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा चिनिन्छन्। प्रत्येक जिम्मेवारीमा कुशलता र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा अर्यालले कर्मचारी प्रशासनमा आफ्नो छवि बनाएका छन्।

Comments
Related News
Latest Post