माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ। 

हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने प्रस्ताव राखेको कुरा पार्टी भित्रबाट कुरा बाहिर आएको छ। त्यसको बिरोधमा कहिल्यै नमिल्ने दुइ फरक धारका उपमहासचिवहरु जनार्दन शर्मा र बर्षामान पुनबीच एक किसिमको सामिप्यता ल्याएको कुरा उनीहरुका सामिप्यताकाले बताएका छन्।

त्यहि विवादको कुरा अहिले दाहाल-शर्मा विवादको रुपमा यत्र-तत्र भएको छ। दाहाल पक्षले शर्माले पार्टी फ़ुताउन लाको आरोप लगाएको छ भने शर्मा पक्षले बिसर्जन र बिलयको पक्षमा गएको आरोप लगाएको छ।

यसैक्रममा पछिल्लो समय नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका माओवादी केन्द्रका उपमहासचिव शर्मा र अध्यक्ष दाहालबिच शनिबार एकै मञ्चमा उपस्थित भएर बिषय उजागर गरेका छन्। गत स्थायी समिति बैठकमा शर्माले पार्टी निर्माणका लागि भन्दै तीन विकल्पसहित नेतृत्वको विकल्पसहितको लिखित प्रस्ताव पेस मात्रै गरेका थिएनन् आफूमाथि अध्यक्ष पक्षघरबाटै पार्टी फुटाउन लागिपरेको भनेर निराधार हल्ला चलाएको गुनासो गरेका थिए । शर्माको प्रस्ताव तल्लो तहमा छलफल चलाउने भनेर अध्यक्ष दाहालले प्रतिबद्धता जनाएपनि आशंकाहरु अझै निवारण हुन सकेको छैन। शर्माको प्रतिवेदनको विषयले पार्टीभित्र बहस निम्त्याइरहेको बेला दुई नेता एकै मञ्चमा उपस्थित भएर विआद भएको कुरा उजागर गएका हुन्। 

रुकुम-काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको उक्त बैठकमा शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको स्पष्ट पारे । उनले अध्यक्ष प्रचण्डलाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।

शर्माले प्रचण्डलाई हटाएर अध्यक्ष हुने आफूले कुनै चाहना नराखेको दोहोर्याए। पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो। उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे। 

उनले भने, ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु तर साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु, अहिले पनि कसैले साबित गर्छ भने मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन। मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र। 

शर्माको कुरा सुनिसकेपनि अध्यक्ष दाहालले जनार्दनले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसकेको बताए । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशङ्काको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाइ थियो। 

उनले उपमहासचिव शर्मासँग आफूबिच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए। तर त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु-याएको अध्यक्ष दाहालको निष्कर्ष थियो। उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए।

Comments
Related News
Latest Post