गृहमन्त्री लेकखको सपोर्टमा सिरोहिया नयाँ पासपोर्टमा रुस उडे, देश नछोड्ने आदेश उलंघन 

नेपालमा पावरब्रोकरहरुको सपोर्टमा सेटिङ्ग दादा बनेका भारतीय नागरिक कैलाश सिरोहिया नेपालको ठुलो भनिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पनि हुन् र उनी नेपाली नागरिकता कसुरमा गिरफ्तारीमा परेका थिए।

भारतीय नागरिक सिरोहीयले बर्षौं पहिला सेटिङ्ग/मिलान गरेर नेपाली नागरिकता लिएका कारण अदालतको आदेश अनुसार मे २२, २०२४ मा उनलाई गिरफ्तार गरिएको थियो। पछि उनलाई फैसला नहुँदा सम्म देश नछोड्ने लगायतका आदेशहरु सहित बिलमा छोडिएको थियो।

बिश्वो चर्चित र बिश्वोको मिडिया हाउस तथा न्यूज एजेन्सी एपीन्यूजले सम्प्रेषण गरेको समाचार अनुसार उनलाई नेपाली नागरिकताको ऐन उलंघन गर्दै नेपाली नगरिकता लिएका कारण जिल्ला अदालतको आदेशमा मे २२, २०२४ मा नेपाल प्रहरीले गिरफ्तार गरेको थियो। 

नेपाली कांग्रेस पार्टीले सिरोहीयको पक्षमा त्यसमा पनि गगनकुमार थापा पक्षले बचाउमा आवाज उठाएको थियो। स्मरणीय कुरा सिरोहिया भारतीय इन्टेलिजेन्स एजेन्सी “र” का नेपालका एजेन्ट मानिन्छन। उसो त कान्तिपुरमा भारतीय नागरिक नै लगानीको नाममा ब्यबस्थापन तहमा छन्। 

यति मात्र होइन सिरोहीयाले रसियन माफिया ग्याङ्ग जिबा लामिछाने, गगनकुमार थापा, डा. उपेन्द्र महतो लगायतसंग मिलेर धेरै ठाउँमा संयुक्त लगानी पनि गरेका छन्। कान्तिपुरमै पनि लामिछाने र महतो दुबैको लगानी छ। विदेशमा भने जर्मनीमा संयुक्त लगानी गरेका छन।

नेपालमा चर्चित रहेका भुटानी सरणार्थी काण्ड, नेपाली महिलाहरु गल्फ देशहरुमा बेच्ने, नेपालीलाइ अबैध रुपमा रुसी र युक्रेन सेनामा पठाउने काममा यी र सोहि गुटको हात रहेको तथ्य आएको छ। यतिमात्र होइन मनी लण्ड्रिङ्ग “हुण्डी” र मानव तस्करीमा पनि यो गिरोहको संलग्नता रहेको कुरा पछिल्ला बर्षमा चर्चामा छन।

त्यसैको फाइदा उठाएर हालका गृहमन्त्री रमेश लेखकको सोझो संलग्नतामा सिरोहियाले नेपाली नयाँ पासपोर्ट बनाए। पासपोर्ट बनाएको माह्त्र होइन जुलाई २३, २०२४ मा कतार एयरको बिजनेश क्लासबाट रुस जाने भन्दै काठमाण्डौबाट उडेका छन्। उनि केहि समय रुसमा बस्ने र पछि जर्मनी आउने अनि त्यतै बस्ने कुरा सुनिएको छ। गगन थापाको पनि सोहि ग्रुपसँग जर्मनीमा घोष्ट लगानी छ।

जे सुकै भएता पनि सिरोहीयालाइ अदातले देश नछोड्ने आदेश दिएको थियो। तर त्यो आदेशलाइ नमान्दै नयाँ पासपोर्ट बनाएर बिदेश उडाउन गृहमन्त्री लेखकले कति पैसो पाए भन्ने मुख्य प्रश्न उठेको छ।

Comments
Related News
Latest Post