राष्ट्रपति उम्मेदवार डिबेटमा ह्यारिस एबीसी, ट्रंप फक्समा अडिग, ह्यारिसको ३१० मिलियन रेज

नोवेम्बर २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा उपराष्टपति कमला ह्यारिसले पार्टीबाट टिकेट लिन आवश्यक पर्ने १,९७६ भोट संख्या पुर्याएकी छिन र उनि सुरक्षित भएकी छिन। अब आर्को हप्ता सम्म पार्टी सम्मेलनले मनोनयन अनुमोदन गर्न र उपराष्ट्रपति पिक बाँकी छ।

उनले जुलाई तेश्रो हप्ता पछि सुरु गरेको अभियानबाट ३ सय १० मिलियन डलर फण्ड रेज गरेइकी छन्। तुलनामा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पले १३९ मिलियन मात्र रेज गर्न सकेका छन्। उनको चुनावी प्रचार व्यापक हुँदै गएको छ। प्रत्येक दिन उपराष्टपति ह्यारिसको पक्षमा सपोर्ट बढ्दो रहेको छ। 

१९६० सेप्टेम्बर २६ देखि सुरु भएको राष्टपति उम्मेदवारहरुको डिबेट यो पटक फरक रुपमा हुन थालेको छ। गत डिबेट सीएनएनले अर्गनाइज गरेको थियो। त्यसमा राष्ट्रपति बाइडेनले राम्रो गर्न सकेनन। व्यापक अनुरोध पछि उनि रेसब्याट बाहिरिने निर्णय गरे र उपराष्टपति ह्यारिसलाइ इन्डोर्स गरे। 

पछिल्लो समय ट्रंपको पक्षमा नकारात्मक टिप्पणी हुन थाले। उनको उपराष्टपति पिक पनि विवादित भएर रिपब्लिकनहरुले नै स्पष्टिकरण दिनुपर्यो।  

यसै क्रममा उपराष्टपति ह्यारिसले ट्रंपसँग डिबेट गर्न खुला रुपमा चुनौती गर्दै आएकी थिइन र पूर्व राष्ट्रपति ट्रंपले त्यसलाई लत्याउँदै आएका थिए। रिपब्लिकनका राष्ट्रपति पदका उम्मेदवार डनल्ड ट्रम्पले संभावित डेमोक्रयाटिककी उम्मेदवार तथा उपराष्टपति कमला ह्यारिससँग डिबेट गर्न फक्स न्यूजको प्रस्तावमा सहमत भएको बताएका छन्। तर उपराष्टपति ह्यारिसको अभियानले एबीसीन्यूजको बहसको लागि पूर्व निर्धारित सेप्टम्बर ४, २०२४ को योजनामा अडिग रहने बताएका छन्।

तर पूर्वराष्ट्रपति ट्रंपले सेप्टेम्बर ४ मा उपराष्टपति ह्यारिससंग डिबेट गर्न फक्सन्यूजसँग सहमत छु। बहस पहिले एविसिमा जो बाइडेनसॅग निर्धारित गरिएको थियो तर बाइडेन अब सहभागी हुने छैनन्। उनले अब म एविसिन्यूज बिरूद्ध मुद्धा दिने भन्ने छु भन्ने धम्की पनि दिएका छन्। यसै साथ उनले बहस पेन्सिलभेनियामा आयोजित हुने बताए। 

उता उपराष्टपति ह्यारिस अभियानले शनिबार ट्रम्प डराएर भागेको आरोप लगाएका छन्। ट्रम्पलाई खेल खेल्न बन्द गर्नुपर्छ र सेप्टेम्बर ४ मा आफूले पहिले नै प्रतिबद्ध गरेको बहसलाई देखाउन आवश्यक छ भन्दै ह्यारिसका अभियान कम्युनिकेशन निर्देशक माइकल ट्यालरले एक विज्ञप्तिमा भनेका छन्।

Comments
Related News
Latest Post