पुनरवलोकन आदेश र डा. कोइरालाको राष्ट्रिय भेलाले अमेरिकाको जनसम्पर्क अधिवेशन प्रभावित

Spread the love

बिशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसको नेतृत्व अबैधानिक रुपमा लुटियो त्यसैले यसलाई न्याय पुगेन भन्ने कुरा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको छ। त्यहि लुटेको नेतृत्वलाइ निर्वाचन आयोगले एकातर्फ सदर गर्यो अनि सर्वोच्च अदालतले पनि त्यसैलाई सदर गरिदियो। त्यसैले अब पुनारावेशन गरिपाउन भनि दिएको मुद्धामा फुल कोर्टले त्यसलाई पुनरवलोकन गर्न आदेश दियो। 

उता डा. शशांक कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेला तयारीले नेतृत्व लुटेको पक्ष बिचलित भएको छ। मरिहत्य गर्दा पनि पार्टीको सदस्यता नबढेपछि उनीहरु अतालिएका छन्। ठुलो शक्ति अझै पनि बिशेषवालाको पक्षमा गएन।

यसैबीच २०१४ पछि अहिले १२ बर्षपछि हुन लागेको भनिएको सो दलको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन पनि पूर्ण रुपमा प्रभावित भएको छ। नियमित महाधिवेशन पक्षका ठुलो संख्या बिलख-बन्दमा थिए। यो पुनरावेदन र राष्ट्रिय भेलाको तयारीले त्यो पक्ष उतै लागेको छ। धेरैजना अधिवेशनमा नजाने भएका छन्।

बिशेषपक्ष चुनाव नगराएर टिकाटाला गरेर ससुराली र देउराली भाक्ने पक्षमा छन् भने अर्को पक्ष चुनाव नभए समिति सोहि ठाउँबाट फुटले बताउँछन्। जे होस् ढिला या चांडो अमेरिकामा अर्को जनसम्पर्क समिति बन्छ त्यो चाहिं निश्चित हो। 

यति मात्र होइन ठुलो संख्यामा वोर्क-पर्मिट मात्र या संकास्पद व्यक्तिहरुलाइ सदस्य बनाएको, प्रतिनिधि बनाएको आरोपमा एकापक्ष रुष्ट पाइयो। उनीहरुको भनाइमा ‘बाल यौन दुर्ब्यबहार’ मा १० हजार डलर बण्ड तिरेर जेलबाट हाजिरीमा निस्केका व्यक्ति पनि प्रतिनिधि र उम्मेदवार भएको आरोप उनीहरुको छ। केहिले आफ्नै ब्यबसायमा नेपाली कामदारलाइ यौन र श्रम शोषण गरेको भन्ने अपुष्ट कुरा पनि छ।

अर्कोतिर यो पटक अधिवेशनमा ‘आइस रेड’ हुने आसंका पनि बढेको छ। उस्तै खालको एक कार्यक्रममा टेक्ससमा इन्ट्री चेक गरेको रेकर्ड छ। भर्जिनिया र न्यूयोर्कमा उस्तैखाले नेपालीहरुको कार्यक्रममा पनि रेड भएको भनिन्छ। 

जे सुकै भएपनि एयरपोर्टमा आइसको निगरानी भएको चाहिं समाचारमा देखिएको नै हो। वर्कपर्मिट मात्र हुनेहरुको लागि यो चुनावी यात्रा जोखिम हुनसक्छ भन्ने कुरा इमिग्रेशनका कानुनविद बताउँछन्।