नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गर्दै न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट खारेज गरेको छ।
सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। एमाले नेता मात्र होइन उनि पूर्वअर्थमन्त्री समेत रहेका थिए। सम्पत्ति शुद्धीकरण कसूरमा गत असार ८ गते उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
