कांग्रेसीहरुको साथ् र बहुमत शर्मा-थापासंग नभएको प्रमाणित

Spread the love

नेपाली कांग्रेसको करिब-करिब ७० प्रतिशत भन्दा ठुलो जमात लुटिएको नेतृत्वका नेताहरु बिश्वोप्रकाश शर्मा र गगन थापासंग नरहेको कुरा गत हप्ताको सदस्यताको ग्रहण र नवीकरणले प्रमाणित गर्यो।

कांग्रेसमा सबैभन्दा ठुलो झगडा नै सदस्यताको लागि हुने गरेको थियो। १४ औं महाधिवेशनको सदस्यता विवाद नै सुल्टा गर्न नसकेका तिनै गगन थापाले चोरीबाटोबाट नेतृत्व लुटेर लिए। तर अनलाइनमा बेरोकटोक भनिएको सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या हेर्दा लज्जास्पद नै देखियो। उनीहरुसंग कांग्रेसीहरु रहेनछन्। त्यो प्रमाणित भयो।

कानुनि रुपमा जित्न अदालतमा जे पेश गरियो त्यहि फैसला भएर आउने हो। यो ‘कुनै बस्तु या सामान कालो-कालो खालको छ भनेर निवेदन गरिएमा अदालतले सो कुरा निखर कालो हो या होइन या कालो खालको वर्गमा पर्छ भनेर फैसला देला तर सेतो र रातो छ भन्दैन।’ अदालतले निवेदन र प्रमाणको आधारमा फैसला गर्छ सेन्टिमेन्टमा हुँदैन। त्यसैले त्यहि अदालतको फैसलाले कांग्रेस हाम्रो मात्र हो, अरुलाई हामी चिन्दैनौं भन्ने कुराले त झन् शर्मा-थापाको जिकिर तुहिएको प्रमाणित भयो।

दलको अस्थित्व भनेको त्यसका सदस्य, समर्थक, उसका उम्मेदवारलाइ मत् दिने मतदाताले स्थितिलेनिर्धारित गर्छ। अब थापा समूहमा त्यो देखिएन। उनीहरुको सदस्यता निरासाजनक भयो। उम्मेदवारहरुलाइ गत निर्वाचनमा मतदाताले मत दिएनन उनि आफै पनि भरिमतले हारे। पटक-पटक हारेका शर्माले फेरी हार्ने डरले उम्मेदवारी नै दिएनन।

यो बेला थापालाइ पछिल्ला बर्षहरुमै बिचौलियाहरुले दिएको खर्चले पालिएको साइबर सपोर्टर, पदलुप्ता र आशापासे अनि भाइ-ससुरा बाहेकको साथ् देखिएन। संसदको दल नेतामा पनि थापा ससुराको हविगत देखियो।

यसैले गर्दा कांग्रेसमा एक किसिमको बितृष्णा छ। खुला रुपमा नेता भुपेन्द्र जंग शाहीहरु लागि परेका छन् भने गोप्य रुपमा बिरबहादुर बलायरहरु। यसको अर्थ नयाँ कांग्रस जन्मन्छ। आउने निर्वाचनमा कांगेस दुइवटा हुन्छ।