बिश्वबाट कम्युनिष्ट युग समाप्त हुँदैगयो। भारतमा पनि बश्चिम बंगाल र केहि स्टेटमा भएका कम्युनिष्ट सखाप भए। नेपालमा मौलाएका कम्युनिष्टहरुलाइ वाम नेता स्व. मदन भण्डारीले फरक दृष्टिकोण ल्याएर बिउँताएका थिए। तर उनिको दुर्घटनामा मृत्यूपछि उनीहरु सत्ता र भ्रष्टाचारमा डुबे। फलास्वरुप उनीहरुको वर्तमान साइज हेरन लाइकको भएको छ।
अन्तत अघिल्लो संसदमा सबैभन्दा ठुलो दल कम्युनिष्ट अहिले तेश्रो-चौथो मात्र होइन इज्जत धन्न नै कठिन रुपमा पुगेको छ। त्यो त सामान्य भयो तर दलमा किचलो हुँदै अन्तत उनीहरु फुटको ढोकामा पुगेका छन। गतहप्ता नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका भक्त महासचिव शंकर पोख्रेलले नै ओलीको राजीनाम मागेपछि ओली बिचल्लीमा पुगेका छन्।
उनले भने, यथास्थितिमा अघि बढ्न सकिँदैन, मार्ग प्रशस्त गर्नुस्। तर अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढेको छ। महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको आवाज ठुलो रहेको र यथास्थितिमा अघि बढ्न नसक्ने भन्दै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। यसका साथै पांचमा चार उपाध्यक्षले पनि ओलीको राजीनामा मागेकाछन्। तर ओली भने राजीनामा दिने पक्षमा छैनन। यदि ओलीले राजीनामा दिएनन भएन एमाले दल गुट्ने पक्का भएको छ।
