नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनमा जनहत्या गर्न आदेश दिएको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लेखकलाई प्रहरी परिसर भद्रकाली राखेर प्रारंभिक अनुसन्धान गरिनेछ। उनलाई भक्तपुरको कटुन्जेस्थित उनकै निवासबाट बिहानै प्रहरीले पक्राउ गरेको हो।
बालेन शाहको नेतृत्वमा बनेको सरकारको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोहि अनुसार गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेर सो आदेश दिएका हुन्।
