धनुषा-३ मा रामुपाका डा. झाlले रास्वपाका मनिष झालाइ समर्थन गरे

Spread the love

धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का डा. राजिव झाlले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाइ समर्थन गरेको कुरा मनिष झाले आफ्नो फेसबुकमा लेखेका छन्। 

धनुषा क्षेत्र नं. ३ को निर्वाचनमा अब नयाँ मोड आएको छ। रास्वपाले मेयर बलेन शाहलाइ आगामी प्रधानमन्त्रीको लागि प्रस्ताव गरेसँगै मधेस मात्र होइन नेपाल नै बालेन, रास्वपा र घण्टीमय भएको छ। त्यसपछि मधेसमा ठुलो परिवातन सुरु भएको छ। प्राय सधैं विभाजित हुने मधेस यो पटक एकिकृत हुँदै गएको छ।

यसैबीच राजेन्द्र महतो नेतृत्वको रामुपाका उपाध्यक्ष तथा उम्मेदवार डा. राजिव झाले आफ्नो उम्मेदवारी लाइ थाँती मात्र राखेनन् रास्वपामा नै प्रवेशको घोषणा गरेका छन्। यसैबीच उनले रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने बताएका छन्। यससंगै धनुषा ३ मा मनिष झाको जित भारी मतले हुने बताइन्छ।