पछिल्लो १७ बर्ष अर्थात बिक्रमाप्तको २०६३/२०६४ पछि सबै भन्दा धेरै कुन दलले नेपाल सरकारको नेतृत्व गरे भन्ने जिज्ञासा हामी सबैमा हुन् सक्छ। यो एउटा डेटा मात्र होइन नेपाल सपार्न या बिगार्नमा कुन दल कति जिम्मेवार भन्ने जानकारी पनि हो।यसबाट आरु धेरै अध्ययन गर्न सकिन्छ।
सामान्य रुपमा नेपाल सरकारको मन्त्रीपरिषद इतिहस, विकीपेडिया या मन्त्रालयहरुको इतिहास लगायतका थुप्रै श्रोतहरुबाट सहजै रुपमा नेपाल सरकारको इतिहास लिन सकिन्छ। तिनै जानकारीका आधारमा यहाँ केहि सूचना दिने प्रयास गरिएको छ।
यो १७ बर्षमा बिचको नागरिक सरकारको समय कटाउँदा नेपाल सरकारको नेतृत्व सबैभन्दा धेरै नेकपा एमालेले गरेको छ। उसले करिब ७ बर्ष ७ महिना ४ दिन सत्ताको नेतृत्व गरेको पाइयो। त्यो समय धेरै समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेका रहेछन।
त्यसैगरी दोश्रोमा चाहिँ धेरै बर्ष नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व गरेको पाइयो। करिब ४ बर्ष ११ महिना १५ दिन सत्ताको नेतृत्व गरेको नेकपा माओवादीद दलमा केवल पुष्पकमल दाहालले मात्र प्रधानमन्त्री बनेको पाइयो।
तेश्रोमा चाहिं नेपाली कांग्रेसलेले धेरै बर्ष सरकारको नेतृत्व गरेको रहेछ। करिब ४ बर्ष १३ दिनसम्म सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसमा पनि धेरै फरक नेताहरुले नेत्रित्व गरेको पाइएन। तर पनि बामदल भन्दा अलि धेरै खुकुलो भने पाइयो। तर नेपाली कांग्रेसले चुनावी सरकारको नेतृत्व गरेको अवस्था पनि छ।
१७ बर्षमा १२ बर्ष जति चाहिं कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरे। अनि ५ बर्ष भन्दा कम नेपाली कांग्रेसले नेतृत्व गरेको रहेछ। त्यो समयमा नेपाल देश बिग्रनुमा या नागरिक जीवन खराब हुनमा सबैभन्दा धेरै नेपालका कम्युनिन्ष्ट दलहरु रहेछन। त्यसमा पनि एमाले धेरै जिम्मेवार छ। त्यसपछि माओवादी र कांग्रेस जिम्मेवार छन।
