यो पटक मैले इतिहास कोल्ट्यायेर हेर्दा अनौठा कुरा पाएँ। सहनै सकिन त्यसैले पहाडे राष्ट्रवादले कहिले सम्म तराईलाई बलत्कार गर्ने भन्ने वाक्य चयन गरे। कुरा गगन थापाको सर्लाही झराइबाट उठेको हो।
पहाडेहरुलाई मधेशले पटक-पटक चुनाव जिताई रहेका रहेछन्। एक-दुइ होइन। धेरै पटक। नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईलाई पनि काठमाडौबाट पटक-पटक जित्न नसकेपछि कहिले साइनाे नभएकाे पर्साबाट जिताएर प्रधानमन्त्री बनाए। सबैको नजरमा भट्टराई सम्मानित नेता हुन् विमति छैन। तर उनी प्रधानमन्त्री बनेपछि पर्साका मधेसीले के परिवर्तन या राष्ट्रिय स्तरको सा पाए ?
त्यसैगरी डा. शशांक काेइराला राजनीतिमा थिएनन। पारिवारिक बिरासतबाट एकैचोटी कहिलै नपुगेको ठाउँ नवलपरासीमा उमेदवार भएर आए। अनि त्यहाँका मतदाताले पटक-पटक उनलाई जिताए। आखिर परासीबासीले के पाए?
अहिले रास्वपाका कारण काठमाडौंमा जित्न नसक्ने निर्क्योलपछि मधेश झरेका कांग्रेसका गगन थापाले पनि मधेस र मधेसबासीलाई नै वेवकुफ बनाउन सकिन्छ भनेर नै सर्लाही झरेका छन। उनि काठमाण्डौबाट पुर्खौली सोलु किन गएनन र सर्लाही नै किन गए? अरुमा जस्तै याे पहाडिया अहंकार उनकाे मनमा पनि जिवितै रहेछ।
यहाँनेर प्रश्न उठेछ, के कुनै मधेसी समुदायलाई पहाडले अहिले सम्म कुनै पनि राजनैतिक दलले पहाडबाट जिताएकाे इतिहास छ? अझै सहज रुपमा भनौ, के गगन थापाले छाेडेकाे काठमाडौ ४ या उनको पुर्खौली सोलुबाट सर्लाही ४ का निवर्तमान सांसद डा. अमरेश कुमार सिङलाई चुनाव जिताउन सक्छन त?
उसाेभए गगन थापाले किन अमरेश कुमारलाई काठमाडौं ४ बाट टिकेट दिने आँट नगरेकाे र उल्टै सर्लाहीका पढेलेखेका मध्ये एक डा. अमरेश कुमर सिंहलाइ मधेसीकाे चुनाब क्षेत्र खाेसेर खान मधेस हिडेकाे ? याे कुराे साेचनिय छ, सबैको लागि। मधेसको लागि बिशेषगरी यो पटक सर्लाही ४ को लागि र भविष्यमा सबै तराइ/मधेसको लागि। याे पटक पनि गगन थापाको पहाडे अहंकारवादको निरन्तरता हाे। मधेसलाइ फकाउन सकिन्छ, किन-बेच सकिन्छ भन्ने गलत सोच हो।
सबै भन्दा पहिला मधेसकाे कुनै एउटा पनि मान्छेलाई पहाडबाट जिताएर देखाउ। अहिले सम्म कुनै पनि दलले यसैरी उठाएर जिताएकाे इतिहास नै छैन। त्यस कारण पहाडिया अहंकारवाद नदेखाउ। मधेसलाई यसरी धेरै नहेप। सबैभन्दा पहिला पटक-पटक मधेसले पहाडियाहरुलाइ जिताएर देखाएकाे ऋण तिर।
जहिले पनि मधेसलाई वेवकुफ नसम्झ। पहाडे राष्ट्रवादले तराईलाई बारंबार बलत्कार गर्नमा निरन्तरता नदेउ। समय सबैको आउँछ। मधेसले आफ्नै छाेरा बालेन्द्रलाई भावी प्रधानमन्त्री घाेषणा गरिसके। अब धेरै मधेसलाई नहेप। मधेसले धेरै गगनहरु जन्माई सकेका छन्। तर तिमी गगन यो पटक पनि गलत समयमा, गलत ठाउँमा गलत तुष लिएर गयौं। त्यसैले अबका मधेसले ब्यालेट मुक्का हान्छन।
