नेपाली कांग्रेसका निडर र चर्चामा आउने गरेका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभा निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्र कालिकोटबा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
धेरै मिहेनत गरेर ठिक्क पारेको ठाउँमा गगन थापाले भेदभाव गरेर टिकेट नदिएपछि उनले गृहजिल्ला कालिकोटमा कांग्रेसको आधिकारिक उम्मेदवार दावी गर्दै उम्मेदवार मनोनयन गरेका छन। उनि गत निर्वाचन देखि नै चुनावी अभियानमा थिए। तर विशेष महाधिवेशनका पक्षले उनलाई दिएनन।
आफूले कांग्रेसलाइ लुटेर अलपत्र रुपमा नेतृत्व बिहिन बनाएको अवस्थामा पार्टी जोगाउनकै लागि आफू उम्मेदवार भएको उनले बताए। कालिकोटामा यो पटक राम्रो स्थिति बनाएका शाहीले जित्ने कुरामा उनि ढुक्क छन।
