पहिलो पटक मधेसका नागरिक एउटै थलोमा ल्याउन सफल रास्वपा र बालेन शाह

Spread the love

सबै भन्दा बढी चर्चा पाएका र भएजति सरकारले असहयोग गरेका तर सबै भन्दा सफल रहेका काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोश्रो बरियताका नेता हुँदै भावी प्रधानमन्त्रीको अपेक्षा सहित चुनावी मैदानमा उत्रिए। उनको पहिलो पब्लिक भाषाण भिजन देखि भजनसम्म जनकपुरधाममा सम्बोधन गर्दा देखाए।

जनकपुरमा मैथिलीमा भाषण गर्दा उनले काठमाण्डौ महानगरले २० हजारलाइ स्कलरशीप दिएको चाहिं सहि यो बिना पैसा विदेश पठाउनु होइन भन्ने ब्यङ्ग पनि पस्किन भ्याए। यति मात्र होइन उनले मधेसको एकता, चर्चा, संभावना र आदर्शको कुरा पनि गरे। राजनैतिक परिवर्तन पछि आउने असफल ब्यबस्था होइन संघियताको उचित रुपमा आर्थिक-सामाजिक बिकासका दृष्टि पनि बताउन भ्याए।

एउटा मेयर हुँदा त करिब ३ दर्जन बढी अन्य पालिकालाइ सहयोग गर्न सकियो यदि प्रधानमन्त्री नै भए के होला भन्ने प्रश्न र संभावना समेत तेर्स्याए। उनले रास्वपा दलको समेत चर्चा र भविष्य बताउन भयाए। उनको सिङ्गो भाषण सुन्दा स्पष्ट देखियो की यो समय, यो पटक बालेन शाह भन्दा अर्को विकल्पको प्रधानमन्त्री अन्य देखिएन। लामो समय पछि मधेसका नागरिकलाइ एउटै मैदानमा ल्याउन सफल बने बालेन शाह र रास्वपा।