रास्वपाले उम्मेदवार संबन्धि निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलायो

Spread the love

पछिल्लो समयको अग्रपङ्गतिको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनवरी १८, २०२६ आइतबार दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेको छ। अहिले रास्वपा निर्वाचन विधि र तयारीमा अग्र पङ्गतिमा छ। मेयर बालेन शाहको प्रवेशसँगै रास्वपामा झन् उत्साह बढेको छ। 

दलले बैठकमा प्रतिनिधिसभाको आसन्न निर्वाचनका सम्बन्धमा छलफल हुने बताएको छ। रास्वपाले तर्फबाट प्रत्यक्ष उम्मेदवार चयन र समानुपातिकको फेरबदल, निर्वाचन नितिबिधि र योजना इत्यादिमा छलफल हुने बताएको छ।