अमेरिकी इन्डेपेन्डेन्स डे अर्थात् जुलाई फोर्थ

आज जुलाई फोर्थ अर्थात अमेरिकी स्वतन्त्रता दिवस परेको छ। सर्व प्रथमता सबैलाई जुलाई फोर्थको उपलक्षमा हार्दिक शुभकामना।  

अमेरिकामा हरेक वर्ष जुलाई ४ (जुलाई फोर्थ) लाई स्वतन्त्रता दिवस (इन्डेपेन्डेन्स डे) को रूपमा मनाइन्छ। यो दिनलाई विशेष गरि अमेरिका ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएकोको घोषणा गरिएको दिनको सम्झनामा मनाइन्छ। जुलाई ४, १७७६ मा अमेरिकीहरुले बेलायती साम्राज्यबाट डिक्लेरेशनन अफ इन्डेपेन्डेन्स अर्थात स्वतन्त्रता घोषणा गरेका थिए।

डिक्लेरेशनन अफ इन्डेपेन्डेन्सलाई फिलाडेल्फियामा रहेको इन्डेपेन्डेन्स हलमा कांग्रेसले पारित गरेको थियो। बिस्तृत रुपमा पढ्न हाइपरलिंक क्लिक गर्नुहोस: Declaration of Independence: A Transcription 

थमस जेफरशनको डिक्लेरेशनन अफ इन्डेपेन्डेन्सले १३ वटा यूनियनलाइ ब्रिटिश शासनबाट स्वतन्त्र बनाएको थियो। यस दिन अमेरिकामा सार्वजनिक बिदा हुन्छ।अमेरिकी राष्ट्रपतिले शुभकामना दिने र बिशेष समारोहमा सहभगी हुने गरिन्छ। त्यसैगरि देशभर खुशीसाथ् विभिन्न कार्यक्रम गरि मनाइन्छ। फायर वर्क, बार्बिक्यू गर्ने इत्यादि।

Comments
Related News
Latest Post