आर्थिक, राजनैतिक, प्रशासनिक, ब्यबसायिक लगायतको प्रलोभन, दारु-पानी-पकेट खर्च-बाइकको तेल खर्चमा रहेका साइबर सेना अनि एमाले ओली पक्षको पिचकारी बाहेक गगन थापाको पछिल्लो दलगत ‘कु’ लाइ मन पराउने कांग्रेसीको संख्या कम नै रहेछन।
म ठुलो राजनैतिक विश्लेषक पटक्कै होइन तर फेसबुके सजेशन दिने र आदेश दिनेहरु भन्दा चाहिं दुइ अक्षर पढी पढेको पक्कै छु। मैले पढेको प्रमाण मसँग छ। म ज्ञानी छैनहोला तर मुर्ख पनि त होइन रहेछु। म मुर्ख होइन भन्ने कुराको लिखित प्रमाण मसँग छ। ममा अर्जुन दृष्टि छैन होला तर कुनै पनि कुरा धेरैजनासँगको बिमर्श र केहि तथ्यगत बिशेलेषण गरेर आफ्ना कुरा राख्छु। जुन कुरा कतिलाई मन पर्दैन अनि कतिले चाहिं धेरैले पछि मात्र सम्झने गर्छन।
गगन थापाहरुले नेपाली काँग्रेस पैसा र शक्तिको भरमा हाइज्याक गरे। तर कति दिन ? निर्वाचन आयोगको निर्णय नेपाली कांग्रेसका ठुलो संख्याले नै मानेको छैन। यो राता-रात प्रमाण दिने कुराको आयोगमा नै बिरोध भएको हो। आयोग नै विभाजित भएको अवस्थामा त्यसलाई मान्नुपर्छ भन्ने कुरा पनि कुन हद सम्मको कानुनि रुपमा सहि हो त्यो कुरा पछि गरौंला। अब यो बिषय रोकिनेवाला छैन सर्वोच्च अदालतमा पुग्ने निश्चित नै देखिएको छ।
कतिपयले आफूले पाउने जति सबै शेरबहादुर देउबाबाट पाए। अब देउबा बेता बस्यो भनेर घर सरे। कतिले बागमती प्रदेशको मुख्यमन्त्री पाउने लोभमा, कतिले श्रीमानको राजदूत पदको लागि त कतिले राष्ट्रिय सभाको सदस्य, कतिले के-के कतिले के तर जो-जो पछि लागेर दल कब्जामा लिए उनीहरु सबै एक-न-एक स्वार्थको लागि गएका हुन्।
यो केवल बेता बसेका देउबाबाट अण्डा नझर्ने भएपछि मुर्दालाई सबैभन्दा पहिला उसकै शरिको जुम्राले छोडेर बाहिर निस्कन्छ भन्ने गाउँले उखान झैं गरेका हुन्। त्यो खरिद गरिएको बिशेष महाधिवेशनमा देउबा कित्ताबाट जो-जो गए उनीहरु जुम्रा जस्तै परजीवी थिए अनि बेता बसेका देउबालाइ छोडेर गए। जानेकोको लिस्ट बनाएर किन गयो भनेर हेर्नु कुरा छर्लङ्ग हुन्छ। कैलाशी सिरोहिया, बिनोद चौधरीहरुले कांग्रेसको माया लागेर अर्बौं खर्च गरेको हो र? हेर्दै जानु उनीहरुले तेल पेलेर निकाल्छन समय आएपछि।
तर पनि यहाँनेर उल्लेख गर्नैपर्ने कुरा के छ भने सबै त प्रलोभनमा गए तर उदय शम्शेर राणा जस्तो आर्थिक र अन्य प्रलोभनमा नपर्ने व्यक्ति किन गए ? त्यो भने मेरो जिज्ञासाको बिषय हो। लाइन लागेका हजार भेडा छोडेर बाटो छोडेको एउटा भेडो लाइनमा ल्याइएन भने सबै भेडाले बाटो छोड्छन भनिन्छ। कुनै दिन मौका मिले राणाजीलाइ सोधुँला अन्यथा बाँकी नै रहला।
यो कांग्रेस बिभाजनको नतिजा हेरेर कतिले खुशी मनाए कतिले दुख मनाए। तर पनि यसबाट बुझ्नेले बुझे हुन्छ, गगन थापा एउटा गतिलो भष्माशुर हो उसको गिद्धको जस्तो सिनो लुछ्ने आरोहण सुरु भएको छ। अर्थात गिद्धारोहण आरम्भ भएको छ। यसबाट कांग्रेसको क्षयीकरण भएको छ र कम्तिमा पनि एक दशक पुरा पछि धकेलेको छ।
यो समय पनि यदि कसैले गगन थापाले कांग्रेस सुधार्छ या देश बनाउँछ भन्ने विश्वास गर्छ भने यो दुनियाँमा कि त त्यो सोझो कठै-बिचारा हो होइन भने परजीवी प्रलोभनको जुम्रेदार व्यक्ति हो। गगन थापा भनेको कांग्रेसको केपी ओली हो। देशको लागि अभिसाप अनि मौकाको चौकीदार हो। मौका पाए उनले ससुरा मात्र होइन आम पनि बेच्छन्।
अब थापालाइ सहज बाटो चाहिँ छैन। अरुलाई प्रमाण देखाईदिउँ भनेको जस्तो, गफाडीको पहाड लगाउने बेच्ने, स्वोर्णिम वाग्लेको विचार चोरेर बोलेको जस्तो सहज छैन। असली लडाइ अब सुरु भएको छ। संचारको ठुलो संख्या थापाको प्रतिपक्ष हुन्छ। एमाले र कम्युनिष्ट दलहरुले उनलाई गुलिया चटाय अब छाला काटेर नुन-चुक छर्छन। कांग्रेस भित्रैबाट लडाइ सुरु भएको छ। त्यसको सामना गर्नुपर्छ। खर्च-पानीका साइबर सेनाको पकेट रित्तिएको दिन तिनैले सेलफोनबाट थापाको कुकर्मको भिडियो लिक गर्छन।
सबैलाई थाहा नै छ आसन्न निर्वाचन भाँड्न ओलिटिक्समा बिकेका थापाले अबको पहिलो काम नै ओलीसँग हात होइन ओठ मिलाउँछन्। चुम्मा-चपेली गर्छन। अनि ६ महिनामा चुनाव गर्न नदिन सकेसम्मको हुर्मत लिन्छन। त्यसपछि शक्तिको लागि कांग्रेस, देश र बाँकी सबै पनि बेच्छन। त्यो बेला असली अनुहार दुनियाँले देख्छन की थापा खासैमा कांगेसका मात्र होइन सबैका कलंक हुन् भनेर।
