संसारका धेरैजसो प्रजातान्त्रिक देशहरुको राजनीति पूर्वानुमान गर्न सकिन्छ। तर नेपाली राजनीति अष्टबक्रमा हुन्छ अनि बिचमा धमिरा र घमिराको मिलाप हुन्छ त्यसैले बुझ्न कठिन मात्र होइन पूर्वानुमान गर्न असंभव हुन्छ। तर पछिल्लो समय नेपाली नागरिक र मतदातको टेण्डेन्सी बुझ्न भने सहज भएको छ। नेपाली नागरिक र मतदातहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाप्रति विश्वास गर्दैनन। उनीहरुले विकल्प खोजेका छन्।
यसैबीच पछिल्लो ४ बर्षमा जब रविलामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना गरे त्यसले पहिलो ६ महिनामा संसदमा चौथो ठुलो दल बन्न सफलता पायो। त्यो समय उनीहरुलाइ पनि कांग्रेसका महामन्त्री ‘भष्माशुर’ गगन थापाले आफ्नो र ससुरा अर्जुन नर्सिङ्ग केसीको सीट सुरक्षित गर्न सेटिङ्गको नाटक गरे। उम्मेदवारको नाम र त्यो बखत रास्वपा विचार हेर्दा त्यो प्रष्ट नै छ।
यति मात्र होइन काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह-बालेनलाइ नजिक देखाएर आफूले मत लिन प्रपन्चसम्म गरे। तर चुनावपछि रवि र बालेन दुबैलाई त्यो गुटले लात मा-यो। यति मात्र होइन सबैभन्दा धेरै आक्रामक नै भष्माशुर गुट बन्यो। काठमाण्डौ महानगरको इतिहासमा केन्द्रिय सरकारले सबैभन्दा असहयोग गर्नेमा कांग्रेस र एमालेको सरकारले गरेको कुरा रेकर्डमा नै छ।
त्यसैगरी पूर्वआतंकारी दल नेकपा मावोवादीले कुलमानलाइ आफ्नो दावी गर्दै गरेको नै हो। त्यसैले बेला-बेलामा प्रचण्डहरु पनि कुलमानलाइ रोक्न मरिमेटेका नै थिए। त्यो कुरा उनीहरुको विचार र पोस्टिङ्गले पनि प्रमाणित गरेको छ। तर पनि जेन-जी पुस्ताको दवावमा इच्छा नहुँदा-नहुँदै पनि कुलमानले रास्वपासँग एकीकरणको संझौता गरे। प्रशाशनमा कुसल रहेका घिसिङ्गले नेपाली राजनीति देखेपनि नेतृत्व गरेर भोगेको थिएनन। यो पटक उनले छोटो समयमा नै सरकार र दल दुवैको अनुभव गरे।
रास्वपासँगको साझेदारी १२ दिनमा तोडिनुमा भनिएका कारण मध्ये धेरै रोकावट त कुलमा कै दलको देखियो। रास्वपामा सिट र पार्टीभित्र संख्या धेरै माग्नु त ठिकै थियो। तर दलको नाम फेर्ने भन्ने प्रस्ताव चाहिं भष्माशुर गुटले उठाउंदै आएको एजेन्डा हो। त्यसबाट कुलमानको उठबस गगनगुटसंग हो भन्ने झलक देखायो। उसैपनि कांग्रेस फुटालेर उज्यालो नेपाल पार्टीबाट चुनावमा जाने कुरा गगनगुटले बताएकै हुन्।
यो तोडिएकोमा सबैभन्दा धेरै खुशी चाहिँ नेकपाको प्रचण्ड नेतृत्व देखियो। उनीहरुलाइ कुलमान अब आफ्नो सामिप्य पुग्ने आभास लागेको छ। तर पनि कुलमाने भने पछिल्लो राजनीति बुझे र अब प्रत्यक्ष मात्रै भएपनि लड्ने घोषणा गरेसँगै सबैको चासो तेता पुगेको छ।
त्यसैपश्चात जनवरी १०, २०२६ शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गरे। साथै पार्टी अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्। अब यो पार्टी बिजुलीको चिम चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ उनले भने।
उता रास्वपाले सहमति तोडेको कारण घिसिङले पछिल्लो १२ दिनमा पार्टीको नाम फेर्ने, बहुमतको हाराहारीमा पार्टीभित्र सिट माग्ने, नातेदार र आफन्तको नाम समानुपातिक सिटमा राख्ने जस्ता कारण सहकार्य हुन नसक्ने भएकाले यो निर्णय लिनुपरेको बतायो। रास्वपाले पार्टी एकीकरण यो समय असंभव भएपनि गठबन्धनको संभाव्यता भने रहेको बताएको छ। तर पनि कुलमानका केहि उच्च तहका नेता भने रास्वपामा नै बसे।
जे सुकै भएता पनि गगन गुटकोको भष्माशुरे धमिराबाद र प्रचण्डहरुको घमिराबादको स्वाद कुलमानहरुले बुझेको हुनुपर्छ। अर्काको पाछि लाग्दा अर्कैको घर पुगिन्छ भनेझैं गगन र प्रचण्डको पछि लाग्दा कुलमानहरु पनि आफ्नो बाटो होइन उनिहरुकै घर पुग्थे। तर त्यसको अन्त भएकोमा कुलमानले जोखिम बचेको मान्नुपर्ला।
