अवैतनिक महावाणिज्यदूत शेर्पाबारे अनर्गल भ्रम छर्ने र रकम माग्नेमाथि अनुसन्धान सुरु

Spread the love

वासिङ्ग्टन स्टेट सियाटल, अमेरिका/ नेपाली अवैतनिक महावाणिज्यदूत एसी (आङ्ग छिरिङ्ग) शेर्पाबारे बिभिन्न अनर्गल कुरा बनाएर टिकटक, फेसबुक, रिल लगायतमा भ्रम छर्ने अनि धम्की दिंदै रकम समेत माग्ने नेपाली गिरोहले माथि अनुसान्धान सुरु भएको छ।

कहिले पैसा माग्ने, कहिले आफ्नै सन्तान माथि दुर्ब्यबहार गर्यो भनेर अनर्गल भ्रम फैलाउने मात्र होइन उनकै घर-परिवार सदस्यलाइ फोन गरेर दु:ख दिने गरेकाले झापालीहरुको बाहुल्यता रहेको सो गिरोहमाथि अनुसन्धान सुरु भएको कुरा शेर्पाले बताएका छन्। अनुसन्धन गरेन क्रममा त्यो गिरोहका केहि व्यक्ति अमेरिकामा समेत रहेको पाइएको कुरा उनले बताए।

उनले आफ्नो फेसबुक लाइभमा समेत गरेर भनेका छन्, आफू माथि एक झापाका बजगाई थर गरेका व्यक्तिले धेरै दुख दिएको, टिकटकमा लुते-कुकुरको नाम राखेर भ्रामक कन्टेन्ट बनाउने, यस्तै थुप्रै फेक फेसबुक लगायतका आइडी बनायर पोस्ट गर्ने गरेका छन्। ति बजगाई थरका व्यक्ति दुबईमा बस्दै आएका छन। बिशेष गरेर २०१९ देखि अहिले सम्म सो गिरोहले सयौं व्यक्तिहरुलाइ दु:ख दिएर पैसा समेत माग्ने गरेको पाइएको कुरा शेर्पाले जानकारी दिए।

जानकारी अनुसार केहि पिडितहरु विदेशमा बस्ने महिलाहरुलाइ फसाएर नाङ्गो फोटो पठाउन लगाउने अनि फोटो पब्लिक गर्दिन्छु भन्दै पैसा माग्ने गरेको कुरा केहि पिडितहरुले सम्पर्कमा आएर बताएका छन्। 

यति मात्र होइन त्यो समुहले टिकटकमा एसी शेर्पाले आफ्नै सन्तानलाइ अभ्रद्र व्यवहार गर्यो र परिवारले मारे भन्ने जस्तो अपराधिक कन्टेन्ट समेत पोस्ट गरेका छन्। कसैको व्यक्तिगत जीवनमा यस्तो कन्टेन्ट बनाएर पोस्ट गर्नु या त्यसलाई फैलाउनु दुवै कानुनी रुपमा अपराध हो।

यस्तो अपराध गर्ने गिरोह मध्ये एकजना अमेरिकामा समेत रहेको जानकारी पाइएकाले उनीहरु सबैलाई कानुनि निकायले अनुसन्धान गर्दै गरेको जनाकारी शेर्पाले दिएका छन।  

एसी शेर्पा नेपाली समुदायबीच सहयोगी मात्र होइन उनको जन्मथलो सोलुखुम्बुमा थुप्रै सामाजिक बिकासका काम र आधारभुत विकासका काममा समेत योगदान गरेका छन। उनि माथि भएको यस्तो अनर्गल प्रचारको डायस्पोरा नेपालीले बिरोध गरेको र अपराधी कम गर्ने प्रति कानुनी दयारामा ल्याउन समेत जोड गरेको छ। शेर्पाबारे आएका सबैकुरा झुटा हुन्। उहाँ र उहाँको परिवार सुरक्षित र व्यक्तिगत रुपमा मर्यादित हुनुहुन्छ।

शेर्पाको फेसबुक लाइभ हेर्न यो लिंक क्लिक गर्नुहोस: https://fb.watch/Exo-qyhTq6/