नेपाली कांग्रेसका महामन्त्री द्वोयले पार्टी फोर्न सुरु गरेको बिशेष महाधिवेशन र सृजित स्थितिलाइ ध्यान गर्दै संस्थापन पक्षीय नै तर मध्येमार्गी धारका २५ केन्द्रीय सदस्यहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ। यो समुहाले गत महिना पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाइ सुझायेको थियो अन्तत पार्टी केन्दिय समितिले पनि सोहि अनुसारको निर्णय गरेको थियो।
उनीहरुले सभापति शेरबहादुर देउवा, आगामी महाधिवेशनला सभापति प्रत्यासी डा. शेखर कोइराला र दल विभाजन पक्ष महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आफ्ना कुरा राखेका छन्। सो समुहको संयोजन गर्दै आएका पार्टी केन्द्रिय सदस्य उदय शम्शेर राणाले आफूहरुको मध्येमर्गी अभियान सफल हुँदै गएको र यो पटक पनि समाधानको निकट पुगेको बताए।
