सान फ्रान्सिस्को/नजीक अमेरिकाको क्यालिफोर्नियाको विश्वकै नामी शहर सान फ्रान्सिस्को (पिनोल) मा याक्थुम्बा लिम्बुहरु भेला भै आफ्नो मौलिक पर्ब चासोक तंङ्नाम मनाउदै नेता छानेका छन।
याक्थुंङ लिम्बु समुदयले मनाउने चार मुख्य चाँडपर्बहरु मध्ये चासोक तंङ्नाम एक मानिन्छ। चासोकको अर्थ न्वागी र तंङ्नामको अर्थ पुजा वा उत्सब भन्ने हुन्छ। परापुर्ब कालमा प्राकृतिक पुजक पुर्बजहरुले सिजनको पहिलो अन्नबाली आफ्नो प्रकृतिदेबी कुल देवतालाइ चढाएर मात्रै खाने गर्थे। यसो गर्नाले घर परिवार समुदायमा सुब्बे-फाब्बे हुने जन बिश्वास थियो। पहिले घर घरमा मनाइने चासोक तंङ्नाम पर्ब समयको अन्तरल पछि अहिले आएर सामुहिक रुपमा देश विदेशमा मनाइदै आएको पाइन्छ।
डिसेम्बर २०, २०२५ का दिन सात समुद्र पारिको त्यो बिरानो ठाउँमा उल्लेख्य मात्रामा उपस्थित भएर याक्थुङ लिम्बु समुदायले उनीहरुको प्राचिन सभ्यता संग जोडिएको राष्ट्रिय पर्ब चासोक तंङ्नाम हाक्पारे पालम ख्याली गाँउदै, धान नाँच्दै, च्याभ्रुंङ् बजाउदै धुमधामसंग मनाएको कुरा आयोजकहरुले जानकारी दिएका छन्।
यसका साथै किराँत याक्थुंङ चुम्लुङ् क्यालिफोर्नियाले आयोजन गरेको अधिबेसन सहितको चासोक तंङ्नाम भेलाले कमान लिम्बुको अध्यक्षतामा १७ सदस्य नया कार्य समिति समेत चयन गरेको जनाइएको छ।
१. अध्यक्ष कमान लिम्बु
२. उपाध्यक्ष धनबहादुर सम्बाहाम्फे
३. उपाध्यक्ष शंकरफोम्बो लिम्बू
४. उपाध्यक्ष प्रतिभा सुब्बा
५. महासचिब केभिन नेम्बांग
६. सचिब हरिसचन्द्र नेम्बांग
७. कोषाध्यक्ष कृष्टी फोम्बो
८. उप कोषाध्यक्ष सुनैना लामा सुब्बा
९. बोर्ड मेम्बर मनिका सुहांग
१०. बोर्ड मेम्बरराधिका सुब्बा
११. बोर्ड मेम्बर नुमाफुंग लिम्बू
१२. बोर्ड मेम्बर सोमी लिम्बू
१३. बोर्ड मेम्बर अजय फोम्बो
१४. बोर्ड मेम्बर डम्बर थलंग
१५. बोर्ड मेम्बर शैलेन्द्र आंग्देम्बे
१६. बोर्ड मेम्बर उज्वलदिप
१७. बोर्ड मेम्बर आंग्देम्बे
१८. बोर्ड मेम्बर अशिम सुब्बा
कार्यक्रमको उद्घाटन प्रमुख अथिति तुम्याहांङ् हर्ष साँवाले गरेका थिए भने शुभकामना मन्तब्य दिनेहरुमा सरु साँवा, सुर्य कार्की, पुष्प हाङ् सम्बाहाम्फे, टंक फोम्बो, तेज लिम्बु र रोशन सुब्बा थिए। अधिवेशनले प्रतिभा सुब्बाद्वारा प्रस्तुत संगठनिक प्रतिबेदन, कृष्टि सुब्बाद्वारा प्रस्तुत बजेट पारित गरेको थियो। त्यसैगरी रोशन सुब्बाद्वारा प्रस्तुत बिधान बिधान संसोधन अनि तुम्याहांङ सुरेन्द्र फोम्बोद्वारा प्रस्तुत संस्थाको भाबी कार्ययोजना साथै वर्तमान कार्य समितिको उपलब्धी सभापति अतित सुब्बाद्वारा प्रस्तुत समेत पारित गरिएको छ।
