कांग्रेस नेता माथि छानविन गर्नु भनेको राजनैतिक प्रतिसोध हो:नेपाली कांग्रेस

Spread the love

नेपाली कांग्रेस र एमालेले मिलेर हदै पार गरेर अन्य दलका नेता र आम नागरिकतलाइ गरेको प्रतिसोध, मुद्धा-मामिला, पक्षपात र दण्ड-हिनताको कुनै हिसाब रहेन तर वर्तमान सरकारले नेपाली कांग्रेसका नेताहरुको पासपोर्ट खारेज गरेपछि भने कांग्रेसले राजनीतिक प्रतिसोध भनेको छ।

जेन जी आन्दोलनमा नागरिक मार्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकै गृहमन्त्री रमेश लेखक थिए। २३ गतेको आन्दोलनमा एमाले र काँग्रेसको निर्देशनमा भएको प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको थियो।  

त्यसै विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले पाँचजनाको पासपोर्ट रोक्का गरेपछि नेपाली कांग्रेसले त्यसलाई राजनीतिक प्रतिसोध भन्यो। यतिले पुगेन लाजै नमानी विज्ञप्ति नै निकाल्यो। 

बिनाभेद-भाव छानिविन जो-जुनै पनि पब्लिक अफिसरको गर्नुपर्छ र पाइन्छ। तर कांग्रेस-एमालेले आफ्नो सरकार हुँदा के मात्र गरेरनन। सहकारी डुबाउने मुख्य पात्रलाइ विदेशमा लुकाएर राखे अनि रास्वपा सभापतिलाइ दोषी भनन्न बार्गेनिङ्ग गरे। 

काण्डस्विकारेका पार्टी उपसभापति धनराज गुरुङलाइ उन्मत्त छोड्यो। कुनै पनि प्रमाण नभएका अन्य दलका नेतालाई सांसदकै पद समेत खारेज गरायो। के त्यो प्रतिसोध थिएन ?

गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँचजनाको पासपोर्ट रोक्का राख्नुका साथै उपत्यका बाहिर जान पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो।