राजदूत नियुक्ति:अमेरिकाका लागि चन्द्र घिमिरे, ८ जनाको नाम सहित

नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशियाका ३५ देशहरुको एसिया कोअपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन्। 

परराष्ट्रमन्त्री विदेश हुने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री श्रेष्ठ अमेरिका, भारतसहित ८ देशका राजदूतको सिफारिस पछि विदेश प्रस्तान गरेका हुन्। 

अमेरिकाका लागि चन्द्र घिमिरे, भारतका लागि लोकदर्शन रेग्मीलाई भारत, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसीयाका लागि नेत्रप्रसाद तिमल्सेना, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान लागि राजदूत सिफारिस भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन्। एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतार लगायत ३५ देशहरू रहेका छन्। मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किएपछि सरकारले थप देशमा राजदूत नियुक्त गर्ने बताइएको छ। 

Comments
Related News
Latest Post