रास्वपाबाट सिक्दै दलहरु, राप्रापाले पनि निर्वाचनको प्राइमरी गर्ने, एमाले र कांग्रेसलाइ झड्का

Spread the love

नेपालको निर्वाचन आयोगले रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आफ्नो गतिविधिलाई तीव्रता दिन थालेको छ। रुपन्देही–३ र मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन हुनेछ । 

उम्मेदवार चयनमा पहिलो निर्वाचन देखि नै प्रताजन्त्रिक बिधि अपनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा छनोट प्रकृया सहित प्राइमरी समेत सम्पन्न गरेर उम्मेदवार चयन गरेको छ। 

त्यहि बिधि सिकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि रुपन्देही क्षेत्र नं. ३ मा हुने आगामी प्रतिनिधिसभा उपनिर्वाचनका लागि प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ। तर राप्रपाको बिधि भने पूर्ण प्रजातान्त्रिक छैन सिफारिस मध्येलाइ प्राइमरी गर्ने भएको छ। सिफारिसमा चुनाव गर्नु प्रजान्त्रिक होइन तर अन्तिम छनोट गर्ने बिधि भने केहि हदको प्रजातान्त्रिक मान्न सकिन्छ। 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले नयाँ कार्ययोजना अनुसार उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक प्रारम्भिक निर्वाचन प्रणाली (प्राइमरी इलेक्सन) लागू गर्ने निर्णय गरेको हो।

यस निर्णय अनुसार रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षी उम्मेदवारमध्येबाट प्रजातान्त्रिक अभ्यास स्वरूप आन्तरिक निर्वाचन गरिनेछ।उक्त निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्ने आकांक्षीलाई उपनिर्वाचनको लागि आधिकारिक उम्मेदवार बनाइने र आवश्यक व्यवस्थापन रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने बताइएको छ। 

रास्वपाप्रति राजनैतिक प्रतिसोध लिएर हदै सम्म तल गिरेको सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको टिकेट बिक्रि, नेपोटिज्मलाइ भनि ठुलो झड्का परेको छ। यी दुवै दलले अझै पनि उम्मेदवार चयन गर्न सकेका छैनन। 

गत निर्वाचनको नतिजा अनुसार रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहोराले ३७, ७१७ मत ल्याएर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसले दोश्रो, रास्वपा तेश्रो र एमाले चौथो भएको थियो।