अब यहाँ कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ रास्वपा सभापति लामिछाने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ उनको निवेदन अनुसार लामो समय पछि अगष्ट १६, २०२५ शनिबार बुद्ध एयरको फ्लाइट नम्बर U4 860 हुँदै भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरियो। भलै यो काम केहि पहिला नै हुनुपर्ने थियो तर वर्तमान सरकार लामिछानेप्रति प्रतिशोधी भएकाले ढिला गरेको सर्वबिधितै कुरा नै हो। 

उसो त गत आम निर्वाचन २०७९ सालमा नेकपा एमाले दलले देशैभरिबाट खसेको मत मध्ये ३२ लाख २३ हजार ५६७ मत पाएको थियो। तर अहिले रास्वपा रवि लामिछानेको पक्षमा ३३ लाख भन्दा धेरैले हस्ताक्षर गरेका छन् भनेर उनको दलले सार्वजनिक गरेको प्रातिवेदनमा उल्लेख छ। एमालेले पाएको कुल मत भन्दा धेरै लामिछानेको पक्षमा हस्ताक्षर जुटेको छ।

नेपालमा दलहरुप्रति यस्स्तो नागरिक बितृष्णा बढेको बेलामा नयाँ दल रास्वपा सभापति जसलाई आधादर्जन जति जिल्लामा सुनियोजित मुद्धा लगाइएको छ, फैसला बाँकी छ तर उनै रवि लामिछानेको पक्षमा यस्तो हताक्षरको लहर आउनु ऐतिहासिक हो। यो कुनै सामान्य कुरा होइन। नेपालको राजनैतिक इतिहासमा न यस्तो कहिलै थियो न अब नै होला। 

यदि जनमतलाइ कदर गर्ने हो भने रवि लामिछानेलाइ कैद माफी हुन काफी मात्र होइन मुद्धा नै खारेज गर्न आवश्यक भन्दा धेरै साक्षीहरुको प्रमाण पुगेको छ। यस्तो समर्थन अन्य कुनै दल नेताले पाउलान ? कसैको मनै देखिको समर्थन बिना स्वार्थ पाउन सहज पक्कै छैन। यसलाई सामान्य रुपमा हेर्नु हुँदैन, गहन रुपमा हेर्नुपर्छ। 

उनै लामिछानेलाइ भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागार सार्ने क्रममा उनकै दल रास्वपाका प्रवक्ता मनिष झाको फेसबुकवालबाट जस्ताको तस्तै। (#फोटो:मनिष झाको वालबाट) 

कृष्ण जन्माष्टमी र Buddha Air-U4 860

आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तर गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।

हतारिएर, अनिश्चितताको सास फेर्दै

प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।

सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको हाम्रो रवि दाइ, कारागार स्थानान्तरणे उनमा कुनै त्रास थपेको छैन, कुनै डर छैन, केही भय छैन।

मैले सोधे,

कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।

काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?

वहाँले भन्नुभयो,

“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”

“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”

“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।”

“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।”

“४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।”

“तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।”

सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको U4 860 बुद्ध एयरलाई टाढैबाट “राम्ररी पुग्नु है” भनेर छुट्टियौँ।