आफैंले निवेदन दिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वराष्ट्रपतिको हैसियतले पाउने सेवा-सुविधा फिर्ता गरेपछि सामान्य जीवनमा देखिन थालेकी छन्। उसो त त्यो फिर्ता एमाले दलको नेताहुनको लागि गरिएको थियो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई बन्द गरिदिए।
पछिल्ला समय धेरै चर्चामा आएकी पूर्वराष्ट्रपति भण्डारी शुक्रबार दिउँसो शुक्रबाट शंखमुलस्थित एक सामान्य चिया पसलमा देखापरेपछि संचार क्षेत्रको हेडलाइन बनिन। युवा उद्यमीहरूले गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासोबारे बुझ्न उनी चियापसलमा पुगेको बताइन्छ।
