राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दैनिक रुपमा पार्टी विस्तार हुँदैछ। यति मात्र होइन चर्चित र उच्चस्तरीय व्यक्तित्वहरुको पनि पार्टी प्रवेश हुन थालेको छ। अगष्ट १४, २०२५ बिहिबार नेपाली सेनाका रिटायर्ड कर्णेल र सशस्त्र प्रहरीका रिटायर्ड (पूर्व) डीआइजी लगायत थुप्रै व्यक्तिहरु रास्वपामा प्रवेश गरेका छन्।
पार्टी कार्यालयमा आयोजित उक्त प्रवेश कार्यक्रममा नेपाली सेनाका पूवकर्णेल डाक्टर प्रद्युम्न पौडेल, सशस्त्र प्रहरीका पूर्व डिआइजी दुर्गा भट्टराई, सशस्त्र प्रहरीका पूर्व एसएसपी विश्वेश्वर थापाले रास्वपा प्रवेश गरेका हुन्।
त्यसैगरी नेपाली कांग्रेसको भात्रीसँस्था ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष ललित बहादुर श्रेष्ठ, लायन्स इन्टरनेश्नलका पूर्व गभर्नर, रेउकाई नेपालको पूर्वअध्यक्ष तथा ब्यबसायी शोभा जोशीले पनि रास्वपा प्रवेश गरेका छन्। उनीहरु सबैलाई पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र अन्य नेताले स्वागत गरेका थिए।
