सफल पुरुषको कारण महिला होइन एक सामान्य व्यक्ति हुन्छ तर छुपाइञ्छ

कृष्ण के सी, अमेरिका, जुन १५, २०२४

मार्क ट्विन (Mark Twain) ले भनेथे “Behind every successful man, there is a woman and behind every unsuccessful man there are two.” 

उनले यो कोड ब्याङ्गिय रुपमा पत्नीब्रता नभएका पुरुष या ब्यबसायिक रुपमा या कुनै पनि ठाउँमा दुइ फरक बोसी महिलाको लागि भनेका थिए। तर त्यसलाई आजकल केवल पहिलो भाग “Behind every successful man, there is a woman” मात्र लिइयो र पछिल्लो भाग “Behind every unsuccessful man there are two woman.” भन्ने भाग छोडियो। 

अर्थात केवल सफलताको लागि मात्र किस्सा जोडियो या प्रचलनमा ल्याइयो। यसमा मलाइ कुनै गुनासो छैन दुनियाँले जे स्विकार्छन त्यसैको मूल्य बजारमा चल्छ। जसलाई जे मनपर्छ उसले ढिलो या चांडो त्यहि गर्छ फरक चाहिँ केवल समयको हो।  

तर मेरो अनुसन्धानमा भने मैले फरक पाएको छु। हरेक सफल पुरुष या महिला या अन्य जेन्डरको बिषयमा अध्ययन गर्दा या खोतलेर हेर्दा अर्कै अवस्था पाइन्छ। अबश्य पनि घर-परिवार र आफन्तको सपोर्ट्ले फरक पार्छ तर सफलताको सोच र विचार चाहिं त्यो ठाउँबाट सहजै आउँदैन।

हरेक सफल व्यक्तिको पछाडीको श्रोत उच्च कोटीको हुँदैनन त्यो केवल एक साधारण मान्छे हुन्छ। साधारण मान्छेलाइ फर्मुला र छलकपट आउँदैन। उसलाई परिस्थित र यथार्थसँग झेल्दै आएका सत्यता हुन्छ। उसले जे बोल्छ त्यो सत्य मात्र हुन्छ। तिनै व्यक्तिले आफ्ना मालिक या चतुर व्यक्तिको सामुन्य सत्य राय दिन्छन या कुरा गर्छन। उनिहरुका त्यहि सत्य सोच-विचार र कुरा टपक्क अर्कोले टिप्छ र सफल हुन्छ। 

हरेक सफल हुने विद्वान, धनाढ्य, धुर्त, राजनेता या राजाकै पनि कुरा त्यहि हो। नपत्याए अनुसन्धान गरेर हेर्नुहोस। उनीहरुले नजिक रहेका परिवारका पुराना पुस्ताका सदस्य, ड्राइभर, भान्छे, अर्दली, एकल महिला, एकल पुरुष, दर्जी, कौ, सफाई गर्ने व्यक्ति, बच्चा बेला देखिका साथी, घरका अबोध बच्चा इत्यादीको बुद्धि र विवेक लिएका हुन्छन। तर ती साधारण मान्छेलाइ त्यो कुराको याद नै हुँदैनकी कहिले र किन, कुन प्रश्नको जवाफमा आफूले त्यो कुरा बोलेको भनेर। तर सफल व्यक्तिले त्यसको सुइँको पनि दिंदैन, छुपाई राख्छ। मेरो सोच-विचारले कोहि माथि पुगे त्यो मैले पनि भोगेको छु तपाइले पनि भोगेको हुनसक्छ।#कृष्णार्पण 

 

Comments
Related News
Latest Post