नेकपा एमालेको बिशेष गरेर सो दलका अध्यक्ष खड्गप्रसाद शर्माओलीको तारोमा परेको पार्टी एकीकृत समाजवादी (एस) भित्र पछिल्लो समय आन्तरिक विवाद बढिरहेका छ। उसो त नेकपा माओवादीले पार्टी एकताको प्रस्ताव पनि राखेको छ। यसै समय एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एस पार्टीका महासचिव घनश्याम भूसालले केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते सुकेधारास्थित मिराकल पार्टीमा बोलाइएको बताएका छन्। यो केन्द्रीय कमिटी बैठकपूर्व स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ। ति बैठकले गरेका निर्णय केन्द्रिय कमिटि बैठकमा प्रस्तुत् गर्ने चलन यो दलको छ।
